+

बार्सिलोना कोपा डेल रे को सेमिफाइनलमा

२०८२ माघ  २१ गते ९:२३ २०८२ माघ २१ गते ९:२३
बार्सिलोना कोपा डेल रे को सेमिफाइनलमा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बार्सिलोनाले अल्बासेटेलाई २-१ ले पराजित गर्दै कोपा डेल रेको सेमिफाइनलमा प्रवेश गरेको छ।
  • लामिन यामलले ३९औं मिनेटमा र रोनाल्ड अराउजोले गोल गरे।
  • जाभी मवरेनोले ८७औं मिनेटमा अल्बासेटेको लागि गोल फर्काए।

२१ माघ, काठमाडौं । लामिन यामल र रोनाल्ड अराउजोको गोलमा अल्बासेटेलाई पराजित गर्दै बार्सिलोना कोपा डेल रेको सेमिफाइनलमा प्रवेश गरेको छ ।

गएराति भएको भएको पहिलो क्वाटरफाइनलमा बार्सिलोनाले अल्बासेटेलाई उसैको मैदानमा २-१ ले पराजित गरेको हो । यामलले ३९औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।

अराउजोले ५६औं मिनेटमा अग्रता दोब्बर पारे । अल्बासेटेका लागि जाभी मोरेनोले ८७औं मिनेटमा एक गोल फर्काएपनि हार टार्न पर्याप्त भएन ।

अन्य क्वाटरफाइनलमा भ्यालेन्सिले एथ्लेटिक विल्वाओ, अलाभेजले रियल सोसिडाड तथा एट्लेटिको मड्रिडले रियल बेटिससँग खेल्नेछ ।

कोपा डेल रे बार्सिलोना
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय