News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली यू-१९ क्रिकेट टिमका पूर्वकप्तान रित गौतमले प्रधानमन्त्री कप काठमाडौं जिल्ला छनोटमा लगातार तेस्रो शतक प्रहार गरेका छन्।
- रितले समूह चरण र सुपर सिक्सका तीन खेलमा ४०७ रन बनाएर सर्वाधिक रन बनाउनेको सूचीमा शीर्ष स्थान ओगटेका छन्।
- सीईसीले हिमालयन क्रिकेट एकेडेमीविरुद्धको खेल जिते फाइनलमा पुग्नेछ भने महाविर स्टडिज एथ्लेटिक्स सेन्टर फाइनलमा पुगेको छ।
२७ माघ, काठमाडौं । नेपाली यू-१९ क्रिकेट टिमका पूर्वकप्तान रित गौतमले प्रधानमन्त्री कप काठमाडौं जिल्ला छनोटमा लगातार तेस्रो शतक प्रहार गरेका छन् ।
क्रिकेट एक्सिलेन्स सेन्टर (सीईसी) का ब्याटर रितले समूह चरणको एक खेल तथा सुपर सिक्सको दुई खेलमा गरेर लगातार तीन शतक प्रहार गरेका हुन् ।
समूह चरणमा डिभाइन क्रिकेट क्लबविरुद्ध ५३ बलमा अविजित १०१ रन बनाएका रितले सुपर सिक्सको पहिलो खेलमा न्यु भिजन क्लबविरुद्ध १२३ बलमा १५ चौका चार छक्कासहित १४४ रन बनाए ।
यस्तै आज हिमालयन क्रिकेट एकेडेमीविरुद्ध १२२ बलमा अविजित १३३ रन बनाए । उनको टिम सीईसी भने ४९ ओभरमा १८३ रनमा अलआउट भयो ।
प्रतियोगितामा चार खेलमा रितले ४०७ रन बनाउँदै सर्वाधिक रन बनाउनेको सूचीमा शीर्षमा छन् ।
सीईसीले यो खेल जितेमा फाइनल पुग्ने छ । सुपर सिक्सको अर्को समूहबाट महाविर स्टडिज एन्ड एथ्लेटिक्स सेन्टर फाइनलमा पुगिसकेको छ ।
प्रतिक्रिया 4