+

इंग्ल्यान्डमाथि वेस्ट इन्डिजको प्रभावशाली जित

२०८२ माघ  २८ गते २३:३७ २०८२ माघ २८ गते २३:३७
इंग्ल्यान्डमाथि वेस्ट इन्डिजको प्रभावशाली जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आईसीसी टी-२० विश्वकप समूह 'सी' अन्तर्गत वेस्ट इन्डिजले इंग्ल्यान्डलाई ३० रनले हराएको छ।
  • वेस्ट इन्डिजले १९६ रन बनाएपछि इंग्ल्यान्ड १५६ रनमा अलआउट भयो।
  • गुडाकेश मोटीले ३ विकेट लिए भने शेरफन रदरफोर्डले अविजित ७६ रन बनाए।

२८ माघ, मुम्बई । आईसीसी टी-२० विश्वकपअन्तर्गत बुधबार भएको समूह ‘सी’ अन्तर्गतको खेलमा वेस्ट इन्डिजले इंग्ल्यान्डविरुद्ध प्रभावशाली जित हासिल गरेको छ ।

मुम्बईस्थित वाङ्खडे स्टेडियममा भएको खेलमा वेस्ट इन्डिजले इंग्ल्यान्डलाई ३० रनले हराएको हो । वेस्ट इन्डिजले दिएको १९७ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले १९ ओभरमा अलआउट हुँदै १५६ रन मात्र बनाउन सक्यो ।

इंग्ल्यान्डका लागि साम करानले सर्वाधिक अविजित ४३ रन बनाए । ज्याकब बेथेलले ३३ रन बनाए भने फिल साल्टले ३० तथा जस बट्लरले २१ रन बनाए ।

वेस्ट इन्डिजका गुडाकेश मोटीले ३ विकेट लिए भने रस्टन चेजले २ विकेट लिँदा अकिल होसेन, रोमारियो शेपहर्ड र शमार जोसेफले १-१ विकेट लिएको छ ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले २० ओभरमा ६ विकेट गुमाएर १९६ रन बनाएको थियो । शेरफन रदरफोर्डले अविजित ७६ रन बनाए ।

रस्टन चेजले ३४ तथा जेसन होल्डरले ३३ रन बनाए । शिम्रोन हेटमायरले २३ रन बनाए ।

इंग्ल्यान्डका जेमी ओभरटन र आदिल राशिदले २-२ विकेट लिए भने जोफ्रा आर्चर र साम करानले १-१ विकेट लिए ।

टी-२० विश्वकपमा वेस्ट इन्डिजको यो दोस्रो जित हो । यसअघि पहिलो खेलमा वेस्ट इन्डिजले स्कटल्यान्डलाई हराएको थियो ।

पहिलो खेलमा नेपाललाई हराएको इंग्ल्यान्डको भने यो पहिलो हार हो ।

टी-२० विश्वकप २०२६

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय