News Summary
Generated by OK AI. Editorially reviewed.- इंग्लिस प्रिमियर लिगमा आर्सनल ब्रेन्टफोर्डसँग १-१ को बराबरीमा रोकिएको छ।
- आर्सनलले २६ खेलमा ५७ अंक जोडेको छ भने म्यान्चेस्टर सिटीको ५३ अंक छ।
- बराबरीपछि आर्सनलले शीर्षस्थानमा अंकदुरी बढाउने अवसर गुमाएको छ।
१ फागुन, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्षस्थानको आर्सनल बराबरीमा रोकिएको छ ।
गएराति भएको खेलमा आर्सनल ब्रेन्टफोर्डसँग १-१ को बराबरीमा रोकिएको हो । दुवै गोल दोस्रो हाफमा भएका थिए ।
खेलको ६१औं मिनेटमा नोनी माडुएकेले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । ७१औं मिनेटमा किन लेविस पोटरले गोल गर्दै टोलीको हार टारे ।
बराबरीपछि शीर्षस्थानको आर्सनलले अंकदुरी अझ बढाउने अवसर गुमाएको छ । आर्सनलको २६ खेलमा ५७ अंक छ । दोस्रो स्थानको म्यान्चेस्टर सिटीको ५३ अंक छ ।
आर्सनलले यो साता अर्को खेल पनि खेल्दै छ । ब्रेन्टफोर्ड ४० अंकसहित सातौं स्थानमा छ ।
प्रतिक्रिया 4