News Summary
Generated by OK AI. Editorially reviewed.- आयरल्यान्डले आईसीसी टी-२० विश्वकप २०२६ मा ओमानलाई ९६ रनले पराजित गरेको छ।
- आयरल्यान्डले २० ओभरमा ५ विकेट गुमाएर २३५ रन बनाएको थियो भने ओमान १८ ओभरमा १३९ रनमा अलआउट भयो।
- यो जितसँगै आयरल्यान्डले प्रतियोगितामा पहिलो जित हासिल गरेको छ भने ओमान प्रतियोगिताबाट बाहिरिएको छ।
२ फागुन, मुम्बई । आयरल्यान्डले आईसीसी टी-२० विश्वकप २०२६ मा ओमानविरुद्ध फराकिलो जित हासिल गरेको छ ।
समूह ‘बी’ अन्तर्गत श्रीलंकाको कोलोम्बोमा भएको खेलमा आयरल्यान्डले ओमानलाई ९६ रनले पराजित गरेको हो । २३६ रनको विशाल लक्ष्य पछ्याएको ओमान १८ ओभरमा १३९ रनमा अलआउट भयो ।
ओमानका लागि आमिर कलीमले ५० तथा हम्माद मिर्जाले ४६ रन बनाए । यी दुईबाहेक अन्यको प्रदर्शन बिर्सनालायक रह्यो । आयरल्यान्डका लागि जोसुआ लिटिलले ३ विकेट लिए । म्याथ्यु हमफ्रिज र बेरी मेकार्थीले २-२ विकेट लिए भने जर्ज डकरेलले १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आयरल्यान्डले २० ओभरमा ५ विकेट गुमाएर २३५ रन बनाएको थियो ।
प्रतियोगिताकै उच्च योगफल बनाउने क्रममा आयरल्यान्डका लागि लोरकान टकर ५१ बलमा ९४ रनमा अविजित रहे भने गारेथ डेलानीले ५६ रन बनाउँदा जर्ज डकरेलले ९ बलमा ३५ रनको आक्रामक इनिङ खेले ।
यसअघि श्रीलंकाले ओमानविरुद्ध नै २२५ रनको योगफल बनाएको थियो जुन् सबैभन्दा उच्च थियो ।
टी-२० विश्वकपकै पहिलो शतक बनाउने संघारमा रहेका टकरले शतक भने पूरा गर्न पाएनन् । अन्तिम ओभरमा स्ट्राइकमा रहेका उनले पहिलो बलमा २ रन लिएपछि दोस्रो बलमा १ रन मात्र जोड्न सके।
त्यसपछि डकरेलले एक डट खेलेर बाँकी ३ बलमै छक्का प्रहार गर्दै इनिङ सकाए ।
ओमानका लागि शकील अहमदले ४ ओभरमा ३३ रन दिएर ३ विकेट लिए । शाह फेसल र आमिर कलीमले १-१ विकेट लिए ।
आयरल्यान्डले प्रतियोगितामा पहिलो जित हासिल गरेको हो । ओमान भने यस हारसँगै एक खेल अगावै प्रतियोगिताबाट बाहिरिएको छ ।
ओमान यसअघि आयरल्यान्ड र श्रीलंकासँग पराजित भएको थियो । ओमानले अब अस्ट्रेलियासँग खेल्न बाँकी छ ।
प्रतिक्रिया 4