+

मनाङ मर्स्याङ्दी क्लब आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा

२०८२ फागुन  ४ गते १७:५९ २०८२ फागुन ४ गते १७:५९
मनाङ मर्स्याङ्दी क्लब आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मनाङ मर्स्याङ्दी क्लब आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
  • मनाङको जितमा आशिष श्रेष्ठले अतिरिक्त समयको पहिलो हाफको अन्तिम समयमा निर्णायक गोल गरेका थिए।
  • सेमिफाइनलमा मनाङले आयोजक सहारा क्लबसँग प्रतिस्पर्धा गर्नेछ र फाइनल खेल फागुन ९ गते हुनेछ।

४ फागुन, काठमाडौं । मनाङ मर्स्याङ्दी क्लब २५औं आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा सोमबार भएको क्वाटरफाइनल खेलमा भारत सिक्किमको थनडरबोल्ड नर्थ युनाइटेडलाई १–० मा पराजित गर्दै मनाङ मस्र्याङदीले सेमिफाइनलमा प्रवेश गरेको हो ।

मनाङको जितमा आशिष श्रेष्ठले निर्णायक गोल गरे । नियमित समयमा दुवैतर्फबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको पहिलो हाफको अन्तिम समयमा आशिषले गोल गर्दै टोलीलाई जित दिलाए ।

मनाङले अब फाइनल प्रवेशका लागि आयोजक सहारा क्लब पोखरासँग प्रतिस्पर्धा गर्नेछ ।

सेमिफाइनल पुगेको जावलाखेल युथ क्लबले फाइनल प्रवेशका लागि प्लानिङ ब्वाइज युनाइटेड र उज्वेकिस्तानको आभा एफसीको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

सहारा क्लबको आयोजनामा माघ २७ गतेबाट सुरु भएको गोल्डकपमा १२ टोलीले सहभागिता जनाएका छन् । गोल्डकपको विजेताले १४ लाख र उपविजेताले ७ लाख १ हजार रुपैयाँ पाउनेछन् ।

फाइनल खेल फागुन ९ गते हुनेछ ।

मनाङ मर्स्याङ्दी क्लब २५औं आहा रारा पोखरा गोल्डकप फुटबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय