+

उज्वेकिस्तानको आभा एफसी आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा

२०८२ फागुन  ५ गते १८:०३ २०८२ फागुन ५ गते १८:०३
उज्वेकिस्तानको आभा एफसी आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पोखरामा जारी २५औं आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा आभा एफसी चौथो टोलीको रुपमा पुगेको छ।
  • मनाङ मर्स्याङ्दी क्लब र सहारा क्लबबीच पहिलो सेमिफाइनल बुधबार हुनेछ भने आभा एफसी र जावलाखेल युथ क्लबबीच दोस्रो सेमिफाइनल बिहीबार हुनेछ।
  • गोल्डकपको विजेताले १४ लाख र उपविजेताले ७ लाख १ हजार रुपैयाँ पुरस्कार पाउनेछन्।

५ फागुन, काठमाडौं । पोखरामा जारी २५औं आहा रारा पोखरा गोल्डकपको सेमिफाइनल समिकरण पूरा भएको छ ।

पोखरा रंगशालामा सोमबार भएको अन्तिम क्वाटरफाइनल खेलमा प्लानिङ ब्वाइज युनाइटेडलाई १–० ले पराजित गर्दै उज्वेकिस्तानको आभा एफसी चौथो टोलीको रुपमा सेमिफाइनलमा पुगेको हो ।

आभाको जितमा उमिड्जोन कारालोभले गोल गरे । उनले खेलको ५६औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

मनाङ मर्स्याङ्दी क्लब, आयोजक सहारा क्लब पोखरा र जावलाखेल युथ क्लबले यसअघि नै सेमिफाइनलमा स्थान बनाइसकेका थिए ।

पहिलो सेमिफाइनलमा मनाङ मर्स्याङ्दी क्लब र सहारा क्लब भिड्नेछन् । उक्त खेल बुधबार हुनेछ । दोस्रो सेमिफाइनल खेल आभा एफसी र जावलाखेलबिच बिहीबार हुनेछ ।

फाइनल खेल शनिबार हुनेछ । सहारा क्लबको आयोजनामा माघ २७ गतेबाट सुरु भएको गोल्डकपमा १२ टोलीले सहभागिता जनाएका छन् ।

गोल्डकपको विजेताले १४ लाख र उपविजेताले ७ लाख १ हजार रुपैयाँ पाउनेछन् ।

२५औं आहा रारा पोखरा गोल्डकप फुटबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय