+

जय ट्रफी : आर्मीको घातक स्पीन बलिङ, पुलिसविरुद्ध सहज जित

२०८२ फागुन  ९ गते ११:४७ २०८२ फागुन ९ गते ११:४७
जय ट्रफी : आर्मीको घातक स्पीन बलिङ, पुलिसविरुद्ध सहज जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जय ट्रफी क्रिकेट प्रतियोगिताको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई ९ विकेटले हराएको छ।
  • पुलिसले दोस्रो इनिङमा ८८ रन मात्र बनाएर आर्मीलाई ४२ रनको लक्ष्य दिएको थियो।
  • आर्मीका लागि बसिर अहमदले ४ विकेट लिए भने कुशल मल्लले अविजित ४२ रन बनाए।

८ फागुन, काठमाडौं । जय ट्रफी क्रिकेट प्रतियोगिताको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लबविरुद्ध सहज जित हासिल गरेको छ ।

आर्मीका स्पीन बलरले मिलेर ९ विकेट लिएपछि दोस्रो इनिङमा पुलिसले ८८ रन मात्र बनाएर ४१ रनको अग्रताका साथ आर्मीलाई ४२ रनको लक्ष्य दिएको थियो । पहिलो सत्रमै आर्मीले ९ विकेटको जित निकाल्यो ।

कुशल मल्लले विजयी चौका प्रहार गर्दै अविजित ४२ रन बनाए । इमरान शेख १ रनमा आउट भए ।

त्यसअघि दोस्रो इनिङमा ४७ रनले पछाडि परेको अवस्थाबाट ब्याटिङ गरेको पुलिस ८८ रनमा अलआउट भएर ४१ रनको अग्रता बनाएको थियो । कुशल भुर्तेलले सर्वाधिक ४८ रन बनाए ।

अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउनै सकेनन् । राशिद खान ९, शंकर राना ८, दिलसाद अली ६ रनमा आउट भए । अमित श्रेष्ठले ४ रन बनाउँदा कप्तान आरिफ शेखले ३ रन मात्र बनाए ।

आर्मीका लागि बसिर अहमदले ४ विकेट लिए । कुशल मल्लले ३ तथा शाहब आलमले २ अनि आकाश चन्दले १ विकेट लिए ।

त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले ५३.३ ओभरमा १५३-८ को अवस्थामा पहिलो इनिङ समाप्तिको घोषणा गरेको थियो । पुलिसका लागि राशिद खानले सर्वाधिक ३८ रन बनाए भने कप्तान आरिफ शेख ३६ रनमा अविजित रहँदा ओपनर कुशल भुर्तेलले ३० रन बनाए । दिलसाद अलीले २७ रन बनाए ।

आर्मीका लागि पवन कार्कीले ४ विकेट लिए । आकाश चन्द, शाहब आलम, नरेन साउद र बसिर अहमदले १-१ विकेट लिए ।

त्यसपछि आर्मीले दोस्रो इनिङमा ९ विकेट गुमाएर २३४ रन बनाउँदै ४७ रनको अग्रताका साथ इनिङ घोषणा गरेको थियो । आर्मीका भीम सार्कीले ११३ बलमा १०५ रन बनाएर अविजित रहे । पवन कार्कीले ३७ तथा नरेन साउदले ३१ रन बनाए ।

पुलिसका लागि सागर ढकालले ६ विकेट लिए । ललित राजवंशीले २ तथा कुशल भुर्तेलले १ विकेट लिए ।

जय ट्रफी त्रिभुवन आर्मी क्लब नेपाल पुलिस क्लब

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय