+

दोस्रो राष्ट्रिय हक्की प्रतियोगिता : पुरुषतर्फको उपाधि सुदूरपश्चिमलाई

२०८२ फागुन  ९ गते २२:०१ २०८२ फागुन ९ गते २२:०१
दोस्रो राष्ट्रिय हक्की प्रतियोगिता : पुरुषतर्फको उपाधि सुदूरपश्चिमलाई

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुदूरपश्चिम प्रदेशले दोस्रो राष्ट्रिय हक्की प्रतियोगितामा पुरुषतर्फ उपाधि जितेको छ।
  • महिलातर्फ गण्डकी प्रदेशले १२ अंकसाथ पहिलो स्थान हासिल गरेको छ।
  • पुरुष र महिलामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ७५ हजार, ५० हजार र २५ हजार नगद पुरस्कार पाएका छन्।

९ फागुन, काठमाडौं । सुदूरपश्चिम प्रदेशले दोस्रो राष्ट्रिय हक्की प्रतियोगिताअन्तर्गत पुरुषतर्फको उपाधि शनिबार जितेको छ ।

नेपाल हक्की संघको आयोजनामा त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा फ्लडलाइटमा भएको राउन्ड रोविन लिगको अन्तिम खेलमा सुदूरपश्चिम र गण्डकी प्रदेशले २–२ गोलको बराबरी खेले । सुदूरपश्चिमले १२ तथा गण्डकी प्रदेशले ९ अंक जोडे । कोशी प्रदेश ६ अंकसाथ तेस्रो भयो ।

महिलामा गण्डकी १२ अंकसाथ पहिलो, सुदूरपश्चिम ९ अंकसाथ दोस्रो तथा मधेश प्रदेश ६ अंकसाथ तेस्रो बने । दुवै समूहमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ७५ हजार, ५० हजार र २५ हजार नगद पुरस्कार पाए ।

पुरुषमा सुदूरपश्चिमका महेश नेपाली उत्कृष्ट खेलाडी, गण्डकीका संगम घर्ती मगर उत्कृष्ट डिफेन्डर, सुदूरपश्चिमका विवेक जोशी उत्कृष्ट गोलरक्षक, बागमतीका अनिश खड्का उदीयमान खेलाडी र कोशीका सुदिप चौधरी सर्वाधिक गोलकर्ता बने ।

महिलामा गण्डकीकी अंकिता अधिकारी उत्कृष्ट खेलाडी, गण्डकीकी सन्जु मगर उत्कृष्ट गोलरक्षक, सुदूरपश्चिमकी करुण ठगुन्ना उत्कृष्ट डिफेन्डर र मधेशकी लक्ष्मनीयाकुमारी दास उदीयमान खेलाडी चुनिए । सुदूरपश्चिमकी बविता उराउ सर्वाधिक गोलकर्ता बनिन् ।

विजेतालाई बागमती प्रदेशकी उपसभामुख अप्सरा चापागाईं, राष्ट्रिय खेलकुद परिषद्की कार्यकारी समितिकी सदस्य सुवर्ण श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

पुरुष/महिलामा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशबाहेक समान ५–५ प्रदेश टिम सहभागी थिए ।

दोस्रो राष्ट्रिय हक्की प्रतियोगिता

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय