+

साम्बाको उपचारका लागि अनेरास्ववियुले थाल्यो सहयोग अभियान

२०८२ फागुन  १२ गते १३:०४ २०८२ फागुन १२ गते १३:०४
साम्बाको उपचारका लागि अनेरास्ववियुले थाल्यो सहयोग अभियान

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले नेपाली महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारीको उपचारका लागि आर्थिक सहयोग अभियान सुरु गरेको छ।
  • अनेरास्ववियुले देशभरका तहगत कमिटीहरूलाई सक्रिय परिचालन गरी पारदर्शी सहयोग संकलन अभियान सञ्चालन गर्न निर्देशन दिएको छ।
  • सावित्रा भण्डारीको उपचारमा ८० हजार अमेरिकी डलर खर्च लाग्ने र घुँडाको जटिल चोटका कारण पुनः शल्यक्रिया आवश्यक रहेको छ।

१२ फागुन, काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारीको उपचारका लागि आर्थिक सहयोग अभियान थालेको छ ।

अनेरास्ववियुले आर्थिक संकलनका लागि ‘हिल साम्बा’ सहयोग अभियान सुरु गरेको हो । देशभर रहेका तहगत कमिटीहरूलाई सक्रिय रूपमा परिचालन भई समन्वित, पारदर्शी र उत्तरदायी ढंगले सहयोग संकलन अभियान सञ्चालन गर्न निर्देशन गरिएको अनेरास्ववियुले जनाएको छ ।

अनेरास्ववियुका अध्यक्ष दीपक धामी आफैंले पनि ५ हजार रुपैयाँ सहयोग गरेको स्क्रिनशटसहित सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

साम्बाले आफ्नो उपचारका लागि कुल ८० हजार अमेरिकी डलर खर्च लाग्ने भन्दै आर्थिक सहयोग गर्न सोमबार सामाजिक सञ्जालमार्फत अपिल गरेकी थिइन् ।

साम्बाको घुँडाको एसीएलमा यसअघि शल्यक्रिया गरेर हालिएको ग्राफ्ट र एमसिएल दुवैमा गम्भीर चोट भएकाले पुनः जटिल शल्यक्रिया गर्नुपर्ने अवस्था छ ।

अहिले साम्बालाई देश तथा विदेशबाट सहयोग प्राप्त भइरहेको छ ।

अनेरास्ववियु आर्थिक सहयाेग साम्बालाई आर्थिक सहयोग सावित्रा भण्डारी

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय