+
टी–२० विश्वकप २०२६ :

जिम्बाबेविरुद्ध जित्नैपर्ने दबाबमा भारत

२०८२ फागुन  १४ गते १३:१० २०८२ फागुन १४ गते १३:१०
जिम्बाबेविरुद्ध जित्नैपर्ने दबाबमा भारत

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आईसीसी टी–२० विश्वकप २०२६ को सुपर–८ अन्तर्गत भारतले आज चेन्नईस्थित एमए चिदाबरम स्टेडियममा जिम्बाबेसँग साँझ सवा ७ बजे प्रतिस्पर्धा गर्दैछ।
  • सुपर–८ अन्तर्गत पहिलो खेलमा पराजित भारत र जिम्बाबेले सेमिफाइनलमा पुग्न आजको खेल जित्नैपर्ने दबाबमा छन्।
  • आज दिउँसो सवा ३ बजे सुपर–८ अन्तर्गत अपराजित रहेका दक्षिण अफ्रिका र वेस्ट इन्डिजबीचको खेल हुनेछ।

१४ फागुन, काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२६ को सुपर–८ मा भारतले आज जिम्बाबेसँग प्रतिस्पर्धा गर्दैछ ।

भारतको चेन्नईस्थित एमए चिदाबरम स्टेडियममा हुने खेल साँझ सवा ७ बजेबाट सुरु हुनेछ । सुपर–८ अन्तर्गत आफ्नो पहिलो खेलमा पराजित भएका दुवै टोलीलाई सेमिफाइनलमा पुग्ने सम्भावना कायम राख्न आजको खेल जित्नैपर्ने दबाब छ ।

यो खेलमा पराजित हुने टोलीको सेमिफाइनल सम्भावना कठिन हुनेछ । पहिलो खेलमा भारत दक्षिण अफ्रिकासँग ७६ रनले पराजित हुँदा जिम्बाबे वेस्ट इन्डिजसँग १०७ रनले पराजित भएको थियो ।

आजको पहिलो खेलमा अपराजित रहेका दक्षिण अफ्रिका र वेस्ट इन्डिजबीचको खेल हुनेछ । उक्त खेल दिउँसो सवा ३ बजेबाट सुरु हुनेछ ।

टी–२० विश्वकप २०२६

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय