+

सेमेन्योको गोलमा सिटीले लिड्सलाई हरायो

२०८२ फागुन  १७ गते ८:२८ २०८२ फागुन १७ गते ८:२८
सेमेन्योको गोलमा सिटीले लिड्सलाई हरायो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एन्टोइन सेमेन्योको एकमात्र गोल मद्दतमा म्यान्चेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा लिड्स युनाइटेडलाई १-० ले पराजित गरेको छ।
  • म्यान्चेस्टर सिटीको २८ खेलबाट ५९ अंक हुँदा आर्सनलको ६१ अंक छ र अंकदूरी २ मा झरेको छ।
  • ब्रेन्टफोर्डले बर्नलीलाई ४-३ र एभर्टनले न्युकासललाई ३-२ गोलअन्तरले पराजित गरेको छ।

१७ फागुन, काठमाडौं । एन्टोइन सेमेन्योको एकमात्र गोल मद्दतमा म्यान्चेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा लिड्स युनाइटेडलाई १-० ले पराजित गरेको छ ।

शनिबार राति लिड्सको घरेलु मैदानमा भएको खेलमा सिटीको जितमा सेमेन्योले पहिलो हाफको इन्जुरी समयमा गोल गरेका थिए ।

जितपछि दोस्रो स्थानको सिटीले शीर्षस्थानको आर्सनलसँग अंकदूरी २ मा झारेको छ । सिटीको २८ खेलबाट ५९ अंक छ भने आर्सनलको ६१ अंक छ ।

पराजित लिड्स भने ३१ अंकका साथ १५औं स्थानमा छ ।

गएराति नै भएका अन्य खेलमा ब्रेन्टफोर्डले बर्नलीमाथि ४-३ को जित हासिल गर्‍यो भने एभर्टनले न्युकासललाई ३-२ गोलअन्तरले पराजित गर्‍यो ।

इंग्लिस प्रिमियर लिग म्यान्चेस्टर सिटी

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय