+
+
Shares

Live Updates : कहाँ कसको अग्रता, देशभरको मतगणना नतिजा ?

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २२ गते ९:३६

२२ फागुन, काठमाडौं । देशभरका विभिन्न निर्वाचन क्षेत्रहरूमा मत गणना तीव्र गतिमा भइरहेको छ, जहाँ अधिकांश स्थानमा नयाँ उम्मेदवारहरूले अग्रता लिइरहेका छन् र धेरै हेभी वेट नेताहरू निकै पछाडि परिरहेका छन् ।

देशभर कहाँ कहाँ भइरहेका छन् मतगणना, कसले लिइरहेको छ अग्रता ? पलपलको अपडेटका लागि हामीसँगै रहनुहोला।

Live Updates

४५ ताजा अपडेट
3 minutes ago, 13:30:54
रौतहट-१ मा माधव नेपाल पाँचौ स्थानमा

रौतहट-१ को मतगणनाको प्रारम्भिक चरणमा रास्वपा उम्मेदवार राजेश चौधरीले अग्रता लिएका छन ।

हालसम्मको मतगणनामा नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पाँचौ स्थानमा रहेका छ्न ।

Nepal Election Result | Election 2082 | Election 2026

 

9 minutes ago, 13:25:36
डडेलधुरामा रास्वपाका जोशीको प्रारम्भिक अग्रता, कांग्रेसका महर तेस्रो

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा पनि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले अग्रता लिएको छ ।

प्रारम्भिक मतगणनामा रास्वपाका ताराप्रसाद जोशीले ४७८ मतसहित अग्रता लिँदा नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का मानसिंह मालले २९२ मतसाथ दोस्रो स्थानमा देखिएका छन् ।

थप समाचार 

Nepal Election Result | Election 2082 | Election 2026

11 minutes ago, 13:22:56
लमजुङमा मतगणना सुरु, सुरुआतमा देखियो त्रिपक्षीय प्रतिस्पर्धा

लमजुङमा मतगणना सुरु भएको छ । प्रारम्भिक मतगणनामा ने्पाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारबीच टक्कर देखिएको छ ।

नेकपा एमालेका उम्मेदवार पृथ्वीसुब्बा गुरुङलाई पछि पार्दै नेपाली कांग्रेसका गमप्रसाद गुरुङले अग्रता लिएका छन् ।

४९५ मत गणना हुँदा कांग्रेसका गमप्रसादले १७७ मत पाएका छन् भने एमालेका पृथ्वीसुब्बाले ११८ मत पाएका छन् ।

Nepal Election Result | Election 2082 | Election 2026

 

20 minutes ago, 13:14:00
चितवन-२ मा रविको अग्रता बढेको बढ्यै

चितवन-२ मा रास्वपाका सभापति रवि लामिछानेको अग्रता निरन्तर बढेको छ । लामिछानेले ९२३४ मत ल्याउँदा कांग्रेसकी मीना खरेलले २८२९ मत पाएकी छन् । एमालेका अस्मिन घिमिरेले २६५९ मत पाउँदा नेकपाका प्रताप गुरूङले १७९२ मत पाएका छन् ।

यस क्षेत्रमा हालसम्म १७९६४ गणना भएको छ ।

Nepal Election Result | Election 2082 | Election 2026

 

20 minutes ago, 13:14:00
चितवन-२ मा रविको अग्रता बढेको बढ्यै

चितवन-२ मा रास्वपाका सभापति रवि लामिछानेको अग्रता निरन्तर बढेको छ । लामिछानेले ९२३४ मत ल्याउँदा कांग्रेसकी मीना खरेलले २८२९ मत पाएकी छन् । एमालेका अस्मिन घिमिरेले २६५९ मत पाउँदा नेकपाका प्रताप गुरूङले १७९२ मत पाएका छन् ।

यस क्षेत्रमा हालसम्म १७९६४ गणना भएको छ ।

Nepal Election Result | Election 2082 | Election 2026

 

27 minutes ago, 13:07:42
मकवानपुर-२ मा पनि मतगणना सुरु

मकवानपुर-२ मा पनि मतगणना सुरु भएको छ । मनहरी गाउँपालिका-९ बाट मतगणना सुरु गरिएको हो ।

Nepal Election Result | Election 2082 | Election 2026

35 minutes ago, 12:59:48
प्रत्यक्षतर्फ मतगणना सकिएको ठाँउमा समानूपातिकको मतगणना सुरु

प्रत्यक्षतर्फ मतगणना सकिएको ठाँउमा समानूपातिकको मतगणना सुरु भएको छ । काठमाडौं–१ मा मतगणना सुरु भइसकेको मुख्य निर्वाचन अधिकृत चुडामन खड्काले बताए ।
मुस्ताङमा प्रत्यक्षतर्फको नतिजा आएकाले त्यहाँ पनि समानूपातिकको गणना थाल्ने योजना बनेको छ ।

Nepal Election Result | Election 2082 | Election 2026

37 minutes ago, 12:57:38
गुल्मी–१ मा रास्वपाका सागर ढकालको सुरुआती अग्रता

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत गुल्मी क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सागर ढकालले सुरुवाती अग्रता लिएका छन् ।

ढकालले २४३ मत प्राप्त गरेका छन् । कांग्रेसका चन्द्र भण्डारीले १०३, एमालेका प्रदीप ज्ञवालीले ११८ र नेकपाका सुदर्शन बरालले १३० मत प्राप्त गरेका छन् ।

Nepal Election Result | Election 2082 | Election 2026

43 minutes ago, 12:51:37
काभ्रे-२ मा रास्वपालाई अग्रता

काभ्रेपलाञ्चोक क्षेत्र नम्बर २ मा प्रारम्भिक मतगणनामा रास्वपालले अग्रता लिएको छ ।

धुलिखेल नगरपालिकाको १,२ र ३ वडा मतगणना हुँदा रास्वपाका उम्मेदवार वदन भण्डारीले १५३० मत पाएका छन् भने एमालेका अशोक व्याञ्जुले १०३५, नेपाली कांग्रेसका मधु आचार्यले ५५२ र नेकपाका बसुन्धरा हुमागाईंले १८३ मत पाएका छन् ।

Nepal Election Result | Election 2082 | Election 2026

48 minutes ago, 12:46:24
प्युठानमा रास्वपाका वैदिकको सुरुवाती अग्रता

प्युठानमा जारी मतगणनाको पहिलो अपडेटमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सुशान्त वैदिकले अग्रता लिएका छन् । ऐरावती गाउँपालिकाको एक हजार ६४० मत गणना हुँदा ५०५ मतसहित वैदिकले सुरुवाती अग्रता लिएका हुन् ।

थप पढ्नुहोस
50 minutes ago, 12:44:06
सर्वदलीय बैठकपछि सिन्धुली-१ को मतगणना सुरु

सर्वदलीय बैठकपछि सिन्धली-१ मा मतगणना सुरु भएको छ ।

यो क्षेत्रबाट नेपाली कांग्रेसका उज्जवल बराल, नेकपा एमालेका प्रदीप कटुवाल, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का डेकेन्द्र सुवेदी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट धनेन्द्र कार्की उम्मेदवार छन् ।

यहाँबाट यसअघि तत्कालीन माओवादी केन्द्र र कांग्रेस गठबन्धनबाट कांग्रेसका श्याम घिमिरे विजयी भएका थिए ।

Nepal Election Result | Election 2082 | Election 2026

 

57 minutes ago, 12:37:21
दोलखामा पनि मतगणना आज हुने 
1 hour ago, 12:27:42
म्याग्दीमा महावीर पुनको अग्रता

म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुनले अग्रता लिएका छन् । त्रिभुज चिह्नमा चुनाव लडेका पुन ९६६ मतका साथ अग्रस्थानमा रहेका छन् ।

एमालेका हरिकृष्ण श्रेष्ठ ६१२, कांग्रेसका कर्णबहादुर भण्डारीले ३९५ र नेकपाका अर्जुन थापाले ४७१ मत पाएका छन् ।

Nepal Election Result | Election 2082 | Election 2026

1 hour ago, 12:15:50
तेह्रथुममा कांग्रेसका सन्तोष सुब्बाको अग्रता

तेह्रथुमको पछिल्लो मतगणना परिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार सन्तोष सुब्बाले ९१ मतान्तरले अग्रता लिएका छन् ।

सुब्बाले ३ हजार ८४ मत प्राप्त गरेका छन् । नेकपा एमालेका उम्मेदवार भानुभक्त ढकालले २ हजार ९९३ मत प्राप्त गरेका छन । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुरेन्द्र कार्कीले २ हजार ५४९ मतका साथ पछ्याइरहेका छन् ।

त्यस्तै श्रम संस्कृति पार्टीका उम्मेदवार सुविन्द्र कुमार लिम्बुले १४४१ र नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार रनध्वज लिम्वुले २४७ मत पाएका छन् ।

Nepal Election Result | Election 2082 | Election 2026

1 hour ago, 12:11:04
सुर्खेत-१ मा कांग्रेसको सुरुआती अग्रता

सुर्खेत–१ मा नेपाली कांग्रेसले सुरुआती अग्रता लिएको छ ।

१९९० मत गणना हुँदा कांग्रेसका विष्णुकुमार खड्काले ७९६ मत प्राप्त गरेका छन् । रास्वपाका टेकबहादुर सिंहले ५४५ मतसहित दोस्रो स्थानमा आउँदा एमालेका ध्रुवकुमार शाहीले ४२७ मत पाएर तेस्रो स्थानमा छन् ।

नेपाली कम्युनिस्ट पार्टीका जितबहादुर रानाले ७७ पाउँदा राप्रपाका रविकिरण हमालले १७ मत पाएका छन् ।

८४ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Nepal Election Result | Election 2082 | Election 2026

2 hours ago, 12:03:29
धनकुटामा पनि मतगणना सुरु

धनकुटामा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतगणना शुक्रबार बिहान ११ : ४० बजेदेखि सुरु गरिएको छ । जिल्लास्थित सामुदायिक भवनमा रहेको मुख्य निर्वाचन अधिकृत कार्यालयमा मतगणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

बिहीबार सम्पन्न निर्वाचनपछि मतपेटिका संकलन राति १२ बजेसम्म सुरक्षित रूपमा मतगणना केन्द्रमा पुर्‍याइएपछि शुक्रबार बिहान ८ बजे सर्वदलीय बैठकले १० बजेबाट मतगणना सुरु गर्ने निर्णय गरेको थियो ।

निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको र मतगणना प्रक्रिया पनि व्यवस्थित रूपमा अगाडि बढाइएको जनाएइको छ । धनकुटामा ३ जना स्वतन्त्र सहित १७ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् ।

धनकुटामा रहेका ११९ मतदान स्थलमा रहेका १६६ मतदान केन्द्रमा शान्तिपूर्ण मतदान सम्पन्न भएको थियो ।

Nepal Election Result | Election 2082 | Election 2026

2 hours ago, 11:58:14
कैलाली-३ मा मतगणना सुरु

कैलाली प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ३ को मतगणना सुरु भएको छ । निर्वाचन अधिकृत पुस्कलराज प्रसाईँले यहाँ मतगणना सुरु भएको जानकारी दिए ।

उहाँका अनुसार कैलारी गाउँपालिका-३ बाट मतगणना सुरु भएको छ । यहाँ एक लाख नौ हजार १२२ मतमध्ये ५५ प्रतिशत अर्थात् ६० हजार २९४ मत खसेको थियो ।

यस क्षेत्रमा घोडाघोडी नगरपालिका, भजनी नगरपालिका र कैलारी गाउँपालिका गरी ४५ मतदानस्थल र १४७ मतदान केन्द्र रहेका थिए । यहाँ विभिन्न ११ दलका ११ उम्मेदवारहरू चुनावी मैदानमा हुन् ।

2 hours ago, 11:55:29
धनकुटामा सुरु भयो मतगणना

धनकुटामा प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत मतगणना शुक्रबार बिहान ११:४० बजेदेखि सुरु गरिएको छ । जिल्लास्थित सामुदायिक भवनमा रहेको मुख्य निर्वाचन अधिकृत कार्यालयमा मतगणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

बिहीबार सम्पन्न निर्वाचनपछि मतपेटिका संकलन राति १२ बजेसम्म सुरक्षित रूपमा मतगणना केन्द्रमा पुर्याइएपछि शुक्रबार बिहान ८ बजे सर्वदलीय बैठकले १० बजेबाट मतगणना सुरु गर्ने निर्णय गरेको थियो ।

निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको र मतगणना प्रक्रिया पनि व्यवस्थित रूपमा अगाडि बढाइएको जनाएइको छ । धनकुटामा ३ जना स्वतन्त्र सहित १७ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् ।

 

2 hours ago, 11:47:06
सिरहामा मतगणना सुरु, क्षेत्र नं ४ मा रास्वपाको प्रारम्भिक अग्रता

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सिरहामा मतगणना सुरु भएको छ । क्षेत्र नम्बर ४ को प्रारम्भिक मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुरुआती अग्रता लिएको छ ।

निर्वाचन अधिकृत शिव वाग्लेका अनुसार बिहान १०ः१५ बजेसम्म ८४४ मत गणना हुँदा रास्वपाका उम्मेदवार तपेश्वर यादवले ५४७ मत प्राप्त गरेका छन् । यस्तै, जनमत पार्टीका उम्मेदवार वीरेन्द्रप्रसाद महतोले ८८ र नेकपा (एमाले) का धर्मनाथप्रसाद साहले ६५ मत प्राप्त गरेका छन् ।

जिल्लाका प्रमुख निर्वाचन अधिकृत तथा क्षेत्र नं ३ का निर्वाचन अधिकारी डा श्रीप्रकाश उप्रेतीका अनुसार सिरहा, २ र सिरहा, ३ मा पनि बिहान ११ बजेदेखि मतगणना सुरु भएको छ । सिरहा, १ मा बिहान १० बजेदेखि नै मतगणना सुरु भएको निर्वाचन अधिकृत फडिन्द्रराज भट्टराईले जानकारी दिए । रासस

2 hours ago, 11:41:41

काभ्रे- २ को मतगणना सुरु

काभ्रे-२ को मतगणना पनि सुरु भएको छ ।  धुलिखेल नगरपालिका मत सुरु भएकाे हो ।

Nepal Election Result | Election 2082 | Election 2026

2 hours ago, 11:38:28

गुल्मी-१ मा मतगणना सुरु, पहिलो गणना कालीगण्डकी र चन्द्रकोटबाट

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत गुल्मी निर्वाचन क्षेत्रनम्बर १ को मतगणना सुरु भएको छ । सर्वदलीय बैठकको सहमतिपछि ११ बजेदेखि मतगणना सुरु गरिएको हो।

सुरुआतमा कालीगण्डकी गाउँपालिका र चन्द्रकोट गाउँपालिकाबाट खसेका मतपत्रको गणना सुरु गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।

मतगणना जिल्ला समन्वय समितिको हलमा भइरहेको छ । मतपेटिका सबै मतदान केन्द्रबाट सदरमुकाम ल्याइसकिएको र सुरक्षा व्यवस्थासहित मतगणना भइरहेको छ ।

गुल्मीमा दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेका छन् भने जिल्लाभर २ लाख २९ हजार ५ सय ४९ मतदाता रहेका छन्। क्षेत्र नम्बर १ मा कुल मतदाता एक लाख २२ हजार १८६ रहेकोमा ६४,७८७ मत खसेको छ ।

2 hours ago, 11:31:11

सुनसरी-३ मा पनि रास्वपाको अग्रता

सुनसरी क्षेत्र नम्बर ३ मा ५०० मत गणना हुँदा रास्वपाका अशोक चौधरीले अग्रता लिएका छ्न् ।

चौधरीले २६७ मत प्राप्त गरेका छ्न् । उनलाई पछ्याउँदै एमालेकी भगवती चौधरिले ११० मत ल्याएकी छन् भने कांग्रेसका विजयकुमार गच्छदारले ९२ मत प्राप्त गरेका छ्न् ।

2 hours ago, 11:24:19

दाङ-३ मा रास्वपाका कमल सुवेदीको सुरुआती अग्रता

दाङ-३ मा रास्वपाका कमल सुवेदीले सुरुआती अग्रता लिएका छन् ।

५०० मत गणना हुँदा रास्वपाका सुबेदीले २४५ मत प्राप्त गरेका छन् । कांग्रेसका दीपक गिरिले १४५ मत प्राप्त गर्दै सुवेदीलाई पच्छाइरहेका छन् । त्यस्तै नेकपा एमालेका घनश्याम पाण्डेले ७३ मत प्राप्त गरेका छन् भने चौथोमा नेपाली कम्युनिष्ट पार्टीका धनबहादुर मास्कीले १७ मत प्राप्त गरेका छन् ।

दाङ-३ मा ८८ हजार २७६ सय मत खसेको थियो ।

Nepal Election Result | Election 2082 | Election 2026

2 hours ago, 11:12:16

चितवन-२ मा रवि लामिछानेको फराकिलो अग्रता कायमै

Nepal Election Result | Election 2082 | Election 2026

3 hours ago, 11:02:34
मोरङ-६ मा पनि मतगणना सुरु

मोरङको क्षेत्रनम्बर-६ को मतगणना सुरु भएको छ । सर्वदलीय बैठकपछि मतगणना सुरु भएको हो ।

यो क्षेत्रमा नेपाली कांग्रेसबाट डाक्टर शेखर कोइराला, एमालेबाट विनोद ढकाल नेकपाबाट ओपेन्द्र राय र रास्वपाबाट रुविना आचार्य चुनावी प्रतिस्पर्धामा छन् ।

3 hours ago, 11:01:43
कुन पार्टीको अग्रता कति ?

3 hours ago, 10:58:47
छोराको न्वारनको दिनमा जितको खुसी, के भनिन् रञ्जुले ?
काठमाडौं १ बाट विजय भएसँगै रास्वपा नेता रञ्जु दर्शनाले यसलाई देशको विजय र परिवर्तनको पक्षमा व्यक्त जनमत भनेकी छन् ।
संयोगले आज उनको छोराको न्वारन पनि छ । उनले आफ्ना मतदाताहरूलाई धन्यवाद दिएकी छन् ।
3 hours ago, 10:55:08
रामेछापमा सकियो सर्वदलीय बैठक, ११ : ३० देखि मतगणना हुने

रामेछापमा सर्वदलीय बैठक सकिएको छ । प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार ११ :३० देखि मतगणना गर्ने सहमति भएको छ

Nepal Election Result | Election 2082 | Election 2026

3 hours ago, 10:54:15
धनुषा-३ : रास्वपाका झा अग्रता बढाउँदै, पछ्याउँदै कांग्रेसका निधि

धनुषा ३ मा जारी मतगणनामा रास्वपाका मनिष झा अग्रता फराकिलो बनाउँदैछन् । उनले ८४४१ मत ल्याउँदा नेपाली कांग्रेसका विमलेन्द्र निधि २९९० मत ल्याएर पछ्याइरहेका छन् ।

नेकपा एमालेका उम्मेदवार जुलीकुमारी महतोले १४३८ मत ल्याएकी छन् ।

थप पढ्नुहोस
3 hours ago, 10:53:38
चितवन ३ मा पनि रास्वपा अगाडि

पछिल्लो मत परिणामअनुसार चितवन ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अगाडि छ ।

रास्वपाकी उम्मेदवार सोविता गौतमले तीन हजार ६३९ मत प्राप्त गरेकी छन् भने नेपाली कम्युनिष्ट पार्टीकी रेनु दाहालले दुई हजार २६३ मत प्राप्त गरेकी जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । यसैगरी, नेकपा एमालेका शङ्कर थपलियाले ७४१ मत पाएका छन् ।

3 hours ago, 10:50:40

प्युठानमा पनि मतगणना सुरु भएको छ ।

#ElectionDay #election2082 #electiononlinekhabar #readyforvote

3 hours ago, 10:41:07
रास्वपाको खाता खुल्यो, काठमाडौं–१मा रञ्जु दर्शना विजयी

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले जितको खाता खुलेको छ । भर्खरै सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार रास्वपा उम्मेदवार रञ्जु न्यौपाने(दर्शना) १५ हजार ४५५ मतसहित विजयी भएकी छन् ।

६ हजार ३६४ मतसहित नेपाली कांग्रेसका प्रबल थापा निकटतम प्रतिद्वन्द्वी मात्रै रहे । अघिल्ला दुई निर्वाचनमा जित झिनो मतान्तरले पराजित हुँदै आएका राप्रपाका रवीन्द्र मिश्रले ३ हजार ९७२ मत मात्रै प्राप्त गरे ।

थप पढ्नुहोस
3 hours ago, 10:38:54
प्रारम्भिक मत परिणाम बारे हर्कः अल इज वेल

प्रारम्भिक मत परिणाम अनुसार देशव्यापी रूपमा रास्वपाको लहर देखिएको छ । यसबारे सामाजिक सञ्जालमा प्रतिक्रिया दिंदै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साङ्पाङले भनेका छन्, \'अन्तिम नतिजा प्रकाशन नभइन्जेल कसैले रमाइहाल्ने या निरास भइहाल्ने गर्नु हुँदैन । अल इज वेल ।\'

3 hours ago, 10:31:52
बालेन प्रवेशसँगै सुरु भयो रास्वपा लहर, अरु पार्टीले किन खाए धक्का ?

जारी मतगणनाबीच अनलाइनखबरले यो ब्रिफिङ तयार पार्दासम्म ४५ सिटमा रास्वपा प्राय: धेरै ठाउँमा विशाल मतान्तरसहित अग्र स्थानमा छ ।

विशेष महाधिवेशनपछि बदलावको सन्देश लिएर मतदातासामु गएको कांग्रेसले आम समुदायमा त्यो सन्देश विस्तार गर्न सकेन । कांग्रेस ५ सिटमा अग्रतासहित दोस्रो स्थानमा देखिए पनि रास्वपासँग अन्तर ठूलो छ । सभापति गगन थापाल सर्लाही ४ मा नै दबाबमा छन् भन्ने हाम्रो टिमको आन्तरिक बुझाइ छ ।

थप पढ्नुहोस
3 hours ago, 10:23:43
अमरेशको गृहपालिकाबाट सर्लाही–४ मतगणना सुरु

सर्लाही–४ मा मतगणना सुरु भएको छ । नेपाली कांग्रेसका सभापति गगन थापा उम्मेदवार रहेको यो क्षेत्रमा अहिले सवा १० बजेबाट मतगणना सुरु भएको हो ।

पहिलो चरणमा बलरा नगरपालिकाको वडा नम्बर ३, ५, ६, ७, १० र ११ को खसेको मतबाट गणना सुरु भएको छ । बलरा नगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उम्मेदवार अमरेशकुमार सिंहको गृहपालिका हो ।

3 hours ago, 10:14:35
म्याग्दीमा नेकपाका अर्जुन थापाको सुरुवाती अग्रता

धवलागिरी गाउँपालिका १ गुर्जा ३२४ मतगणना सकिंदा नेकपाका अर्जुन थापाले २०१ मत ल्याएर सुरुवाती अग्रता लिएका छन् । उक्त वडाबाट स्वतन्त्र उमेद्वार महाविर पुनले ६१, नेपाली काँग्रेसका केवी भण्डारीले ३७, एमालेका हरिकृष्ण श्रेष्ठले ८ मत पाएका छन् । अहिले धवलागिरी गाउँपालिका २ लुलांगको मतगणना भइरहेको छ ।

Nepal Election Result | Election 2082 | Election 2026

3 hours ago, 10:05:12
उदयपुर-१ : रास्वपाका गेलाल दोब्बर मतान्तरसहित अगाडि

उदयपुर १ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पारशमणि गेलालले अग्रता दोब्बर बनाएका छन् ।

उनले १२२६ मत ल्याउँदा नेकपा एमालेका दुर्गाकुमार थापाले ६०५ मत ल्याएका छन् । त्यस्तै नेकपाका उम्मेदवार बलदेव चौधरीले ४६४ मत ल्याएका छन् ।

 

थप पढ्नुहोस
3 hours ago, 10:04:41
मोरङ ३ मा श्रम संस्कृति अगाडि

जिल्ला निर्वाचन कार्यालयले सार्वजनिक गरेको पछिल्लो परिणामअनुसार मोरङ ३ मा श्रम संस्कृति पार्टीका उम्मेदवार अमिर मगरले ५५४ मत प्राप्त गरेका छन् ।

यसैगरी नेपाली कांग्रेसका उम्मेदवार सुनिल शर्माले ३३६ र राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश कार्कीले २९५ मत प्राप्त गरेका छन् ।

यो निर्वाचन क्षेत्रमा एक लाख ५८ हजार ५७ मतदाता कायम रहेकामा ९६ हजार ६७७ मत खसेको थियो ।

4 hours ago, 09:59:35
कपिलवस्तु-२ मा मतगणना सुरु

कपिलवस्तु क्षेत्र नम्बर २ को मतगणना सुरु भएको छ । सर्वदलीय बैठकपछि मतगणना सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कपिलवस्तुको बालमन्दिर रत्नराज मावि र बुद्ध पद्म माविको बुथबाट मतपेटिका खोलेर मतगणना सुरु भएको हो ।

थप पढ्नुहोस
4 hours ago, 09:59:28
कपिलवस्तु-२ मा मतगणना सुरु

कपिलवस्तु क्षेत्र नम्बर २ को मतगणना सुरु भएको छ । सर्वदलीय बैठकपछि मतगणना सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कपिलवस्तुको बालमन्दिर रत्नराज मावि र बुद्ध पद्म माविको बुथबाट मतपेटिका खोलेर मतगणना सुरु भएको हो ।

4 hours ago, 09:52:18
शीर्ष नेताहरू : को कहाँ कति अगाडि/पछाडि ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चितवन निर्वाचन क्षेत्र नम्बर २ निन्तर अगाडि रहेका छन् । पछिल्लो मतपरिणाम अनुसार रवि लामिछाने ३२६५ मत ल्याएर अग्रता लिइरहेका छन् भने एमालेका अस्मिन घिमिरे १५१९ मतसहित पछ्याइरहेका छन् ।

झापा निर्वाचन क्षेत्र नम्बर ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले पछि पारिरहेका छन् । पछिल्लो मत परिणाम अनुसार बालेनले १ हजार ४ सय ७८ मत प्राप्त गर्दा ओलीले ३ सय ८४ मत प्राप्त गरेका छन् ।

थप पढ्नुहोस
4 hours ago, 09:50:16
धवलागिरी गाउँपालिकाबाट म्याग्दीको मतगणना सुरु

म्याग्दीमा अहिले बिहान ९ बजेदेखि मतगणना सुरु भएको छ । बेनीस्थित जिल्ला समन्वय समितिको सभाहलमा मतगणना भइरहेको छ ।

मतगणना धवलागिरी गाउँपालिकाबाट सुरु गरिएको मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापाले जानकारी दिए ।

थप पढ्नुहोस
4 hours ago, 09:48:46
जुम्लामा राप्रपालाई अग्रता

५० भन्दा बढी निर्वाचन क्षेत्रको मतगणता हुँदा निकै कमजोर देखिएको राष्ट्रिय प्रजातन्त्र पार्टीले मतगणनामा पहिलोपटक अग्रता लिएको छ ।

राप्रपाले जुम्लाबाट अग्रताको खाता खोलेको हो । उसलाई नेपाली कम्युनिष्ट पार्टीले पछ्याइरहेको छ ।

थप पढ्नुहोस
4 hours ago, 09:41:53
५६ निर्वाचन क्षेत्रको मतगणना जारी, रास्वपाको ४४ सिटमा अग्रता

देशभरका ५६ निर्वाचन क्षेत्रबाट प्राप्त प्रारम्भिक परिणामअनुसार, अहिले रास्वपाले ४४ स्थानमा अग्रता लिइरहेको छ । कांग्रेसले ५, एमालेले ४, नेकपाले २ र राप्रपाले एक स्थानमा अग्रता लिइरहेका छन् ।

4 hours ago, 09:39:42
विश्वप्रकाशले भनेः मतदाताको फैसला स्वीकार्य

प्रतितिधि सभा निर्वाचनको जारी मतगणनामा नेपाली कांग्रेसअनुकूल परिणाम नदेखिएपछि उपसभापति विश्वप्रकाश शर्माले मतदाताको फैसला स्वीकार्य भएको बताएका छन् ।

गत निर्वाचनबाट उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अप्रत्याशित अग्रता लिएपछि उनले सामाजिक सञ्जाल एक्समार्फत् मतदाताको फैसला स्वीकार्य भएको बताएका हुन् ।

थप पढ्नुहोस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?