+

‘डाइनामिक कप’ इनलाइन स्केटिङ प्रतियोगिता ३० फागुनमा

२०८२ फागुन  २६ गते १३:५० २०८२ फागुन २६ गते १३:५०
‘डाइनामिक कप’ इनलाइन स्केटिङ प्रतियोगिता ३० फागुनमा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भक्तपुरमा फागुन ३० गते काठमाडौँ वर्ल्ड स्कुलमा ‘डाइनामिक कप इन्लाइन स्केटिङ प्रतियोगिता २०२६’ आयोजना हुने भएको छ ।
  • प्रतियोगितामा ६–८, १०–१२ र १२–१४ वर्ष उमेर समूहका करिब ५०० खेलाडी सहभागी हुने अनुमान गरिएको छ ।
  • प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई मेडल, शिल्ड, प्रमाणपत्र र अन्तर्राष्ट्रिय रोलर डार्बी च्याम्पियनसिप छनोटको अवसर दिइने आयोजकले बताए ।

२६ फागुन, काठमाडौं । भक्तपुरमा ‘डाइनामिक कप इन्लाइन स्केटिङ प्रतियोगिता २०२६’ आयोजना हुने भएको छ । प्रतियोगिता नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघको समन्वय तथा सहयोगमा आयोजना गर्न लागिएको हो ।

पत्रकार सम्मेलनमार्फत आयोजकले प्रतियोगिता यही फागुन ३० गते (१४ मार्च २०२६) शनिबार भक्तपुरस्थित काठमाडौँ वर्ल्ड स्कुलमा हुने जानकारी दिएको छ । प्रतियोगिता डाइनामिक स्केटिङ पार्क भक्तपुर र काठमाडौँ वर्ल्ड स्कुलले संयुक्त रूपमा आयोजना गर्नेछन् ।

प्रतियोगितामा देशका विभिन्न विद्यालयका खेलाडी सहभागी हुने अपेक्षा गरिएको छ । ६-८ वर्ष, १०-१२ वर्ष र १२-१४ वर्ष उमेर समूहमा प्रतिस्पर्धा गराइने आयोजकले जनाएको छ । करिब २०-२५ विद्यालयका झन्डै ५०० खेलाडी सहभागी हुने अनुमान गरिएको भक्तपुर जिल्ला संयोजक रोजन भासिमाले बताए ।

भासियाका अनुसार प्रतियोगिता पहिलो पटक आयोजना हुन लागेकोले यस वर्ष नगद पुरस्कार भने राखिएको छैन । ‘अहिले पहिलो पटक आयोजना भएकाले क्यास प्राइज राखिएको छैन । राम्रो प्रायोजक पाए पुरस्कारको व्यवस्था गर्न सकिन्छ’ उनले भने ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई मेडल, शिल्ड र प्रमाणपत्र प्रदान गरिनेछ । साथै उत्कृष्ट खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरको रोलर डार्बी वर्ल्ड स्केट च्याम्पियनसिपका लागि छनोट प्रक्रियामा सहभागी हुने अवसर पनि दिइने आयोजकले जनाएको छ ।

नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघका अध्यक्ष अच्युत खनालले विश्व स्केटको मापदण्डअनुसार प्रतियोगिता सञ्चालन गरिने बताए । ‘वर्ल्ड स्केटको गाइडलाइनअनुसार प्रतियोगिता सञ्चालन गरिनेछ । विद्यालय स्तरबाटै यो खेलको विकास गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको हो’ उनले भने ।

उनका अनुसार रोलर डार्बी वर्ल्ड स्केट च्याम्पियनसिप आगामी अक्टोबरमा पाराग्वेमा हुने तय भएको छ । साथै संघले हरेक वर्ष स्केट, रोलर डार्बी र आइस स्केटिङ गरी तीन मुख्य प्रतियोगिता आयोजना गर्दै आएको उनले जानकारी दिए ।

वर्ल्ड स्केटको टेक्निकल कमिसन मेम्बर तथा नेपाल स्केटिङ तथा स्केटबोर्डिङको ब्राण्ड एम्बासडर सन्जु श्रेष्ठले स्केटिङ खेललाई व्यावसायिक रुपमा अघि बढाउन यस खालको प्रतियोगिताले सहयोग र पुर्‍याउने यस खेलको सम्भावना धेरै भएको बताए ।

यस्तै स्केटिङका मुख्य प्रशिक्षक दिलिप राज बरालले पछिल्लो समय स्केटिङ खेलको चर्चा बढिरहेको र अन्तर्राष्ट्रिय स्तरमा पनि नेपालको उपस्थिती राम्रो चईरहेको बताए ।

डाइनामिक कप स्केटिङ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय