+
+
Shares

१० देशका ९२ सुरक्षाकर्मीलाई शिवपुरीमा कमाण्ड तथा स्टाफ तालिम

विभिन्न १० देशका ९२ सुरक्षा अधिकृतहरुलाई शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा कमाण्ड तथा स्टाफ तालिम दिन सुरु गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ४ गते १८:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा १० देशका ९२ सुरक्षा अधिकृतहरुलाई कमाण्ड तथा स्टाफ तालिम सुरु गरिएको छ।
  • नेपाली सेनाका बलाधिकृत रथी प्रदीप केसीले तालिमको शुभारम्भ गर्दै अनुभव आदान–प्रदान र व्यवहारिक योजना तयार पार्न सक्षम हुने बताए।
  • सैनिक कमाण्ड तथा स्टाफ कलेजले हालसम्म १ हजार ५०७ जना विभिन्न राष्ट्रका अधिकृतहरुलाई तालिम दिएको छ।

४ वैशाख, काठमाडौं । विभिन्न १० देशका ९२ सुरक्षा अधिकृतहरुलाई शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा कमाण्ड तथा स्टाफ तालिम दिन सुरु गरिएको छ ।

शुक्रबार नेपाली सेनाका बलाधिकृत रथी प्रदीप केसीले तालिमको शुभारम्भ गरेका हुन् । तालिम सुरुवात गर्दै केसीले भने, ‘शिक्षार्थी अधिकृतहरुबीच अनुभवको आदान–प्रदान गर्दै तालिम पश्चात अन्तराष्ट्रिय, क्षेत्रीय एंव आन्तरिक सुरक्षा परिवेशको विश्लेषणसहित व्यवहारिक योजना तयार गरी कार्यान्वयन गर्न सक्षम हुनेछन् ।’

तालिममा नेपाली सेनाका ४ महिलासहित ७९ अधिकृत, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका १/१ जना अधिकृत गरी ३ जना, चीनका २ जना र अमेरिका, बेलायत,बंगलादेश, भारत, केन्या, माल्दिभ्स, नाइजेरिया र पाकिस्तानका १/१ जना गरी कुल ९२ जना सहभागी छन् ।

१४ पुस २०४९ मा सैनिक कमाण्ड तथा स्टाफ कलेज स्थापना भएको हो । यो कलेजबाट हालसम्म १ हजार ३०८ नेपाली सेना, नेपाल प्रहरीका १७, सशस्त्र प्रहरीका २९, राष्ट्रिय अनुसन्धान विभागका २०, रक्षा मन्त्रालयका १ जना विभिन्न राष्ट्रका १३२ जना गरी १ हजार ५०७ जना शिक्षार्थी अधिकृतहरु प्रशिक्षित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?