+

साफ महिला च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

२०८३ वैशाख  ८ गते १३:५८ २०८३ वैशाख ८ गते १३:५८
साफ महिला च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • साफ महिला च्याम्पियनसिप २०२६ का लागि नेपालले ३५ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको छ।
  • प्रशिक्षक नवीन न्यौपानेको नेतृत्वमा टोलीको बन्द प्रशिक्षण अप्रिल २७ देखि एन्फा कम्प्लेक्समा सुरु हुनेछ।
  • प्रतियोगिता मे २५ देखि जुन ७ सम्म फतोर्डा स्टेडियममा आयोजना हुनेछ र नेपालले पहिलो उपाधि जित्ने लक्ष्य राखेको छ।

८ वैशाख, काठमाडौं । भारतमा हुने साफ महिला च्याम्पियनसिप २०२६ का लागि नेपालको प्रारम्भिक टोली घोषणा गरिएको छ ।

मुख्य प्रशिक्षक नवीन न्यौपाने ले ३५ सदस्यीय प्रारम्भिक टोली सार्वजनिक गरेका हुन् । टोलीको बन्द प्रशिक्षण (क्लोज्ड क्याम्प) अप्रिल २७ देखि एन्फा कम्प्लेक्स मा सुरु हुनेछ ।

यसपटकको साफ महिला च्याम्पियनसिप फतोर्डा स्टेडियममा मे २५ देखि जुन ७ सम्म आयोजना हुँदैछ ।

प्रतियोगितामा नेपाल सधैं उपविजेतामा सीमित रहँदै आएको छ र यसपटक प्रशिक्षक न्यौपानेको नेतृत्वमा पहिलो उपाधि जित्ने लक्ष्यमा हुनेछ ।

प्रारम्भिक टोली : अञ्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, अनिता बस्नेत, अनिता लाम्जेल, अनिता केसी, अस्मिता नेपाली, वर्षा ओली, बिमला बिक, बिमला चौधरी, बिर्सना चौधरी, दीपा शाही, गीता राना, हिरा भुजेल, जेनिफर राना, मनमाया दमाई, मीना देउबा, नेहा कुमारी चौधरी, निशा थोकर, पूनम चेम्जोङ, प्रतीक्षा चौधरी, प्रीति राई, पूजा राना, पूर्णिमा राई, रश्मी कुमारी घिसिङ, रेखा पौडेल, रेनुका नगरकोटी, सबिना चौधरी, सजनी ठोकर, समीक्षा घिमिरे, सरस्वती हमाल, सरु लिम्बु, सिलु परियार, सुक्रिया मियाँ, सुशिला कुमारी, उषा नाथ ।

साफ महिला च्याम्पियनसिप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय