+
+
Shares

गृहमन्त्री गुरुङ सभापति लामिछाने भेट्न बूढानीलकण्ठमा

गृहमन्त्री सुधन गुरुङ रास्वपाका सभापति रवि लामिछाने भेट्न उनकै निवास बूढानीलकण्ठ पुगेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ८ गते १४:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गृहमन्त्री सुधन गुरुङ रास्वपाका सभापति रवि लामिछाने भेट्न बूढानीलकण्ठ पुगेका छन्।
  • गृहमन्त्री विवादास्पद व्यापारी दीपक भट्ट समूहको लगानी भएको लघु बिमा कम्पनीको संस्थापक सेयरधनी भएको विषयमा मुछिएका छन्।
  • उनलाई राजीनामा दिनुपर्ने भन्दै टिप्पणी भइरहेको छ।

८ वैशाख, काठमाडौं । गृहमन्त्री सुधन गुरुङ रास्वपाका सभापति रवि लामिछाने भेट्न उनकै निवास बूढानीलकण्ठ पुगेका छन् । विवादास्पद व्यापारी दीपक भट्ट समूहको लगानी भएको लघु बिमा कम्पनीको संस्थापक सेयर रहेको विषय सार्वजनिक भएपछि गृहमन्त्री अहिले विवादमा मुछिएका छन् ।

यसै विषयलाई लिएर उनलाई राजीनामा दिनुपर्ने भन्दै टिप्पणी भइरहेको छ ।

गृहमन्त्री गुरुङले लघुबीमा कम्पनीमा सेयर लगानीका सम्बन्धमा सामाजिक सञ्जालसमेत स्पष्टीकरण दिएका थिए । उनले उक्त सेयर ऋणमार्फत लिएको भनेका छन् । उनले यसबारे सम्पत्ति विवरणमा लुकाएको भनेर उनको आलोचना भइरहेको छ ।

गुरुङ चैत १३ गते गृहमन्त्री बनेका हुन् । सार्वजनिक रुपमा चर्को आलोचना भएपछि उनी आफ्ना पार्टी सभापति लामिछाने भेट्न पुगेका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?