+

१०औं पीएम कप एनभीए भलिबल लिग : खिल्जी विरुद्ध आर्मीको पुनरागमन जित

२०८३ वैशाख  १० गते १८:४९ २०८३ वैशाख १० गते १८:४९
१०औं पीएम कप एनभीए भलिबल लिग : खिल्जी विरुद्ध आर्मीको पुनरागमन जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • त्रिभुवन आर्मी क्लबले रेडबुल १०औं पीएम कप एनभीए पुरुष भलिबल लिग २०८३ अन्तर्गत खिल्जी क्लबलाई ३-१ सेटले पराजित गरेको छ।
  • साविक विजेता हेल्प नेपाल स्पोर्ट्स क्लबले बुढानिलकण्ठ भलिबल क्लबलाई सोझो सेटमा २५-१३, २५-१७, २५-१८ ले हराएको छ।
  • महिलातर्फ नेपाल पुलिस क्लब र नेपाल एपीएफ क्लबले रेडबुल पीएम कप भलिबल लिगमा जित हात पारेका छन्।

१० वैशाख, काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लब र साविक विजेता हेल्प नेपाल स्पोर्ट्स क्लबले रेडबुल १०औं पीएम कप एनभीए महिला तथा पुरुष भलिबल लिग २०८३ अन्तर्गत पुरुषतर्फ विजयी सुरुवात गरेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा बिहीबार भएको खेलमा आर्मीले लुम्बिनीको खिल्जी क्लब विरुद्ध पुनरागमन गर्दै ३-१ सेटको जित हात पारेको हो ।

पहिलो सेट खिल्जीले २५-१८ ले आफ्नो पक्षमा पार्दै अग्रता लिएको थियो । त्यसपछि खिल्जीले लय कायम राख्न सकेन भने आर्मीले पुनरागमन गर्दे लगातार तीन सेट जित्यो । आर्मीले दोस्रो सेट २५-२०, तेस्रो सेट २५-२१, चौथो सेट २५-२० ले आफ्नो पक्षमा पारेको हो ।

यस्तै पुरुषतर्फकै साविक विजेता हेल्प नेपालले बुढानिलकण्ठ भलिबल क्लबलाई सोझो सेटमा पराजित गरेको छ । हेल्प नेपालले बुढानिलकण्ठलाई २५-१३, २५-१७, २५-१८ ले पराजित गरेको हो ।

बिहीबारै भएको लिग अन्तर्गत महिलातर्फको खेलमा दुई विभागीय टोली नेपाल पुलिस क्लब र नेपाल एपीएफ क्लबले जित हात पारेका छन् ।

लिग अन्तर्गत शुक्रबार पुरुषतर्फ ३ र महिलातर्फ २ गरी ५ खेल हुनेछ ।

तस्वीरहरू : विकास श्रेष्ठ

 

पीएम कप एनभिए भलिबल लिग १०औं पीएम कप एनभीए भलिबल लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय