+
+
Shares

संविधान संशोधनलाई हल्का ढंगले लिने गल्ती नगरियोस् : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २९ गते १४:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन विषयलाई हल्का ढंगले नलिन सचेत गराउनुभएको छ।
  • प्रचण्डले संविधान संशोधनले लोकतन्त्र सुदृढ र सिमान्त क्षेत्रको प्रतिनिधित्व विस्तार गर्नुपर्ने बताउनुभएको छ।
  • उहाँले संविधान संशोधन संवेदनशील विषय भएकाले ठूलो विवेक, छलफल र संयम आवश्यक रहेको उल्लेख गर्नुभएको छ।

२९ वैशाख, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनको विषयलाई हल्का ढंगले लिने गल्ती नगर्न सचेत गराएका छन् ।

मंगलबार प्रतिनिधि सभामा सम्बोधन गर्ने क्रममा उनले संविधान संशोधन एकदमै संवेदनशील र गम्भीर विषय रहेको स्मरण गराए ।

संविधान संशोधन गरौं तर त्यसले लोकतन्त्रको सुदृढ, सीमान्त क्षेत्रको प्रतिनिधित्व विस्तारित हुनुपर्ने प्रचण्डको भनाइ छ ।

‘संविधान संशोधन गरौं, तर त्यो संशोधनले लोकतन्त्रलाई अझै सुदृढ गरोस् । संविधान संशोधन गरौं, जसले सिमान्त क्षेत्रको प्रतिनिधित्व अझै विस्तारित होस्,’ प्रचण्डले भनेका छन् ।

ठूलो विवेक, छलफल र संयमको माग संविधान संशोधनको विषयले लिने उनले बताए ।

‘संविधान संशोधन एकदमै संवेदनशील र गम्भीर विषय हो । यसलाई हल्का ढंगले लिने गल्ती हामी कसैले पनि गर्न हुँदैन । यसले ठूलो विवेक, छलफल र संयमको माग गर्दछ । कृपया यसलाई त्यही रुपमा आत्मसाथ गर्न सरकार र माननीय सदस्यहरूसँग आग्रह गर्दछु,’ प्रचण्डले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?