+
+
Shares

रास्वपालाई प्रचण्डले भने- तपाईंहरू जस्तै धेरै मत ल्याएर भाँडो न भुइँमा भएको नेता हुँ

प्रतिनिधिसभाको मंगलबारको बैठकमा उनले ०६४ सालको चुनावमा अहिले रास्वपाले पाएजस्तै मत पाएर पनि जोगाउन नसकेको स्मरण गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २९ गते १५:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपाका अध्यक्ष प्रचण्डले प्रतिनिधिसभाको बैठकमा ०६४ सालको चुनावमा रास्वपालाई जस्तै मत पाए पनि जोगाउन नसकेको स्मरण गरेका छन्।

२९ वैशाख, काठमाडौं । नेकपाका अध्यक्ष प्रचण्डले एकल सरकार बनाएको रास्वपालाई आफ्नो विगतबारे जानकारी गराएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा उनले ०६४ सालको चुनावमा अहिले रास्वपाले पाएजस्तै मत पाएर पनि जोगाउन नसकेको स्मरण गरेका हुन् ।

‘०६४सालमा तपाईंहरूजस्तै धेरै मत ल्याएर भाँडोमा न भुइँमा भएको नेता म हुँ । हारभन्दा जित सहन गाह्रो हुन्छ,’ उनले भने, ‘करिब तपाईंहरूकै साइजमा थियौँ केही समय पहिले । आफ्नै कमजोरीका कारण जनताको विश्वास बचाउन सकिएन । इतिहासले भनेको छ- संख्या स्थायी हुँदैन ढुक्क हुनुस् । जनताको समर्थन पनि शसर्त हुन्छ उनले भनेजस्तो भएन भने भोलिपल्टै.. । हामीबाट सिक्नुस् । यहाँ निषेध अपमान र प्रतिशोध होइन । विश्वास सहकार्यले प्राथमिकता पाउनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?