+
+
Shares

प्रधानमन्त्रीले मर्यादापालन नगर्ने हो भने संसद्को गरिमा रहँदैन : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २९ गते १५:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री बालेन शाहलाई संसद्को मर्यादापालनमा ध्यान दिन आग्रह गरे।
  • प्रचण्डले संसद्को गरिमा, मर्यादा र भूमिकालाई सुदृढ गरेर मात्रै अघि बढ्न सकिने बताए।
  • उहाँले प्रधानमन्त्रीको कार्यशैलीमा सबै नेपालको भविष्य जोडिएको टिप्पणी गरे।

२९ वैशाख, काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री बालेन शाहलाई मर्यादापालनमा ध्यान दिन आग्रह गरेका छन् ।

प्रधानमन्त्री शाहले मर्यादापालनलाई ध्यान नदिने हो भने संसद्को गरिमा रहन नसक्ने उनको भनाइ थियो ।

मंगलबार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने क्रममा उनले संसद्को मर्यादा, गरिमा र भूमिकालाई सुदृढ गरेर मात्रै अघि बढ्नसक्ने उनको भनाइ थियो ।

‘हाम्रो भू–राजनीतिक अवस्थितिले ठूलो विवेक र संयमको माग गर्दछ । संसद्को मर्यादा, गरिमा र भूमिकालाई सुदृढ गरेर मात्रै हामी अघि जान सक्छौं,’ प्रचण्डले भने, ‘हिजोको जे गतिविधि देखियो, अघि नै प्रमुख प्रतिपक्षी दलको नेताले जे कुरा राख्नुभयो म त्यसलाई समर्थन गर्दै प्रधानमन्त्रीजीले केही निश्चित मर्यादापालन नगर्ने हो भने संसद्को गरिमा रहन सक्दैन ।’

उक्त विषयमा ध्यान दिन आग्रह गर्दै प्रधानमन्त्रीको कार्यशैलीमा सबै नेपालको भविष्य जोडिएको टिप्पणी गरे ।

‘यसमा हामी सबैको ध्यान जाओस् । प्रधानमन्त्रीको कार्यशैलीमा हामी सबैको भविष्य जोडिएको छ,’ प्रचण्डले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?