सभापति रवि लामिछानेले
News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठकमा प्रथम महाधिवेशन आगामी असार ६, ७ र ८ गते गर्ने चितवनमा प्रस्ताव पेस गरिएको छ।
- रास्वपाले चुनाव सकिएको ६ महिनाभित्र महाधिवेशन गर्ने सैद्धान्तिक निर्णय गरेको थियो र भदौभित्र महाधिवेशन गरिसक्नुपर्ने थियो।
- रास्वपा २०७९ सालमा गठन भएको थियो ।
३० वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठकमा प्रथम महाधिवेशन आगामी असार पहिलो साता गर्ने प्रस्ताव पेस भएको छ ।
पार्टी कार्यालय बनस्थलीमा जारी केन्द्रीय समिति बैठकमा सभापति रवि लामिछानेले असार ६, ७ र ८ गते महाधिवेशन गर्ने प्रस्ताव पेस गरेका हुन् । महाधिवेशन चितवनमा गर्ने प्रस्ताव छ ।
यसअघि रास्वपाले चुनाव सकिएको ६ महिनाभित्र महाधिवेशन गर्ने सैद्धान्तिक निर्णय गरेको थियो । त्यसअनुसार भदौभित्र महाधिवेशन गरिसक्नुपर्ने हुन्थ्यो ।
रास्वपा २०७९ सालमा गठन भएको थियो ।
आजको केन्द्रीय समिति बैठकमा महाधिवेशनसहित विविध विषयमा छलफल गर्ने एजेण्डा रहेको प्रवक्ता मनिष झाले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4