News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेले सत्तारुढ रास्वपाका सांसद गणेश पराजुली र रमेश प्रसाईंले बोलेका शब्द संसदको अभिलेखबाट हटाउन माग गरेको छ।
- एमाले प्रमुख सचेतक ऐन महरले पराजुलीले बोलेको 'भरौटे' र प्रसाईंले बोलेको 'नरसंहारकारी' शब्द हटाउन आग्रह गर्नुभएको छ।
- एमाले सांसद रामबहादुर थापाले मंगलबार बोलेका तीन वटा शब्द संसदको अभिलेखबाट हटाइएको छ।
३० वैशाख, काठमाडौं । प्रतिपक्षी दल नेकपा एमालेले सत्तारुढ रास्वपाका दुई सांसदले बोलेको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाउन माग गरेका छन् ।
एमाले प्रमुख सचेतक ऐन महरले बुधबारको प्रतिनिधिसभा बैठकमा रास्वपा सांसदद्वय गणेश पराजुली र रमेश प्रसाईंले बोलेका शब्द रेकर्डबाट हटाउन माग गरेका हुन् ।
सांसद पराजुलीले बोलेको ‘भरौटे’ र सांसद प्रसाईंले बोलेको ‘नरसंहारकारी’ शब्द रेकर्डबाट हटाउन एमाले सांसद महरले माग गरेका हुन् ।
‘प्रतिनिधिसभाको नियमावलीको नियम २१ को घ र संविधानको धारा १०५ बमोजिम सत्तापक्षका माननीय गणेश पराजुलीले संसद्मा भरौटे शब्द प्रयोग गर्नुभएको छ,’ उनले भने, ‘उहाँले न्यायाधीशको विषयमा बोलेका शब्द र भरौटे शब्दलाई संसद्को रेकर्डबाट हटाउन आग्रह गर्न चाहन्छु ।’
त्यस्तै, सांसद प्रसाईंले बोलेको शब्दबारे महरले भनेका छन्, ‘रमेश प्रसाईंले नरसंहारकारी जस्ता शब्दहरू प्रयोग गरेकाले संसद्बाट हटाउन ध्यानाकर्षण गराउन चाहन्छु ।’
एमाले सांसद रामबहादुर थापाले मंगलबार बोलेका तीन वटा शब्द भने रेकर्डबाट हटाइएको छ ।
प्रतिक्रिया 4