+
+
Shares

रुस-युक्रेनबीच ४१० जना युद्धबन्दी आदानप्रदान

जेलेन्स्कीले एक्समार्फत सार्वजनिक गरेका तस्वीरमा युक्रेन फर्किएका बन्दीसँगै उनका आफन्त र परिवार युक्रेनको झन्डा ओढेर खुसी साँटिरहेका देखिन्छन् ।   

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १ गते १८:०२

१ जेठ, काठमाडौं । रुस र युक्रेनले एकअर्कासँग रहेका युद्धबन्दी साटासाट गरेका छन् । शुक्रबार दुवै देशसँग बन्धक रहेका २०५–२०५ जना युद्धबन्दी आदानप्रदान गरेका हुन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक साताअघि दुवै देशबीच युद्धविराम हुनसक्ने घोषणा गरेका थिए । रूसी रक्षा मन्त्रालयले सामाजिक सञ्जालमार्फत युक्रेनबाट २०५ जना रुसी सैनिक स्वदेश फर्किएको बताएको छ । त्यसको बदलामा २०५ जना युक्रेनी युद्धबन्दी फिर्ता गरिएको पनि मन्त्रालयले जनाएको छ ।

युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले पनि युद्धबन्दी फिर्ता भएको पुष्टि गर्दै अधिकांश युक्रेनी सैनिक सन् २०२२ देखि रुसी नियन्त्रणमा रहेको बताएका छन् । उनले यो आदानप्रदान दुवै देशले एक–एक हजार युद्धबन्दी आदानप्रदान गर्ने योजनाको पहिलो चरण भएको जनाएका छन् ।

जेलेन्स्कीले एक्समार्फत सार्वजनिक गरेका तस्वीरमा युक्रेन फर्किएका बन्दीसँगै उनका आफन्त र परिवार युक्रेनको झन्डा ओढेर खुसी साँटिरहेका देखिन्छन् ।

Image

Image

Image

Image

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?