+
+
Shares

सर्लाही, महोत्तरी र दाङमा डुबेर तीन जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १ गते १८:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • देशका विभिन्न स्थानमा डुबेर तीन जनाको मृत्यु भएको छ, जसमा सर्लाही, महोत्तरी र दाङका व्यक्ति छन्।
  • सर्लाहीको मलंगवा नगरपालिका–२ झण्डा बजार नजिकै पोखरीमा ४ वर्षीया संयुक्ता प्रजापती डुबेर मृत्यु भएकी थिइन्।
  • महोत्तरीको लोहरपट्टी नगरपालिका–८ स्थित बिगही खोलामा १२ वर्षीय नौसाद राईन र दाङको राजपुर गाउँपालिका–१ का ६० वर्षीय पुने रोका मगर डुबेर मृत्यु भएका छन्।

१ जेठ, काठमाडौं । देशका विभिन्न स्थानमा डुबेर तीन जनाको मृत्यु भएको छ ।

नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, सर्लाही, महोत्तरी र दाङमा तीन जनाको डुबेर मृत्यु भएको हो ।

सर्लाहीको मलंगवा नगरपालिका–२ झण्डा बजार नजिकै रहेको पोखरीमा डुबेर सोही ठाउँ डेरा गरी बस्ने पर्सा घर भएका बाल्मिकी पण्डितकी छोरी ४ वर्षीया संयुक्ता प्रजापतीको मृत्यु भएको हो । शुक्रबार बिहान डुबेर अशक्त भएकी उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

तयस्तै, महोत्तरीको लोहरपट्टी नगरपालिका–८ स्थित बिगही खोलामा डुबेर सोही ठाउँ बस्ने रजाबुल राईनको छोरा अन्दाजी १२ वर्षीय नौसाद राईनको शुक्रबार दिउँसो मृत्यु भएको छ ।

डुबेर अशक्त भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

उता, दाङको राजपुर गाउँपालिका–१ गुरूङखोला बस्ने ६० वर्षीय पुने रोका मगरको सोही ठाउँस्थित गुरूङखोलामा नुहाउने क्रममा डुबेर शुक्रबार दिउँसो मृत्यु भएको छ ।

घटनाबारे आवश्यक अनुसन्धान पनि अघि बढिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?