+

दक्षिण एसियाली भारोत्तोलन महासंघको महासचिवमा श्रेष्ठ निर्वाचित

२०८३ जेठ  १ गते २१:५५ २०८३ जेठ १ गते २१:५५
दक्षिण एसियाली भारोत्तोलन महासंघको महासचिवमा श्रेष्ठ निर्वाचित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ भारतको गान्धीनगरमा भएको साधारणसभाले दक्षिण एसियाली भारोत्तोलन महासंघका महासचिवमा चयन भएका छन्।
  • श्रेष्ठ नेपाल ओलम्पिक कमिटीका सचिव पनि हुन् र उनले यो जिम्मेवारी नेपाली भारोत्तोलनको विकासमा प्रयोग गर्ने बताउनुभयो।
  • श्रेष्ठले दोस्रो दक्षिण एसियाली भारोत्तोलन प्रतियोगिता नेपालमा आयोजना गर्ने दाबी गरेको र सबैले सहमति जनाएको उल्लेख गर्नुभयो।

१ जेठ, काठमाडौं । नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ दक्षिण एसियाली भारोत्तोलन महासंघका महासचिवमा निर्वाचित भएका छन् । श्रेष्ठ नेपाल ओलम्पिक कमिटी (एनओसी) का पनि सचिव हुन् ।

भारतको गुजरातस्थित गान्धीनगरमा भएको एसियन भारोत्तोलन महासंघको साधारण सभाले श्रेष्ठलाई दक्षिण एसियाली भारोत्तोलन महासंघका महासचिवमा चयन गरेको हो ।

सो साधारणसभाबाट भारतका डा. सहदेव यादव अध्यक्ष चुनिए । उनी भारत भारोत्तोलन महासंघका अध्यक्ष हुन् । यसैगरी माल्दिभ्सका इब्राहिम हामिद प्रथम उपाध्यक्ष र श्रीलङ्काका सन्का रत्नायके उपाध्यक्षको जिम्मेवारी पाए ।

दक्षिण एसियाली भारोत्तोलन महासंघको महासचिवमा चयन भएपछि श्रेष्ठले आफूले पाएको यो जिम्मेवारीलाई नेपाली भारोत्तोलनको विकासमा प्रयोग गर्ने बताए ।

‘नेपाली भारोत्तोलनका लागि धेरैभन्दा धेरै एक्सपोजरको खोजी गर्नेछु । अहिलेका लागि दोस्रो दक्षिण एसियाली भारोत्तोलन प्रतियोगता नेपालमा आयोजनाको दाबी गरेको छु । जसमा सबै सहमत पनि भएका छन्’ उनले भने ।

दक्षिण एसियाली भारोत्तोलन महासंघ रामकृष्ण श्रेष्ठ

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय