News Summary
Generated by OK AI. Editorially reviewed.- मिचेल मार्शले ३८ बलमा ९० रन बनाएपछि लखनउ सुपर जायन्ट्सले चेन्नई सुपर किङ्सलाई पराजित गरेको छ।
- चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर १८७ रन बनाएको थियो, जसमा कार्तिक शर्माले सर्वाधिक ७१ रन बनाए ।
- मार्शले ३८ बलमा ९० रन बनाएपछि लखनउले सहजै लक्ष्य पूरा गर्यो ।
१ जेठ, काठमाडौं । मिचेल मार्शले आक्रामक ब्याटिङ गर्दै ३८ बलमा ९० रन बनाएपछि आईपीएल २०२६ मा लखनउ सुपर जायन्ट्सले चेन्नई सुपर किङ्सलाई पराजित गरेको छ ।
चेन्नईले दिएको १८८ रनको लक्ष्य लखनउले १६.४ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो । मार्श ९० रनमा आउट भएपछि निकोलस पूरनले १७ बलमा अविजित ३२ रन बनाए ।
त्यसअघि जोश इङ्लिस ३६ रनमा आउट भए । मार्श र इङ्लिस मिलेर पहिलो विकेटका लागि ११.४ ओभरमै १३५ रनको साझेदारी गरेका थिए । त्यही साझेदारी जितको आधार बन्यो ।
चेन्नईका लागि मुकेश चौधरी र स्पेन्सर जोनसनले १-१ विकेट लिए । मार्श भने दुर्भाग्यपूर्ण तरिकाले नन स्ट्राइकमा रनआउट भएका थिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर १८७ रन बनाएको थियो । कार्तिक शर्माले सर्वाधिक ७१ रन बनाए । उनले ४२ बलमा ६ चौका र ५ छक्का प्रहार गरे ।
शिवम दुबेले १६ बलमा अविजित ३२ रन बनाए । डेवाल्ड ब्रेभिसले २५, सन्जु सामसनले २० तथा रुतुराज गायक्वाड र प्रशान्त वीरले समान १३ रन बनाए ।
लखनउका लागि आकाश सिंहले ३ विकेट लिए भने मोहम्मद शामी र शाहबाज अहमदले १-१ विकेट लिए ।
प्रतियोगिताबाट बाहिरिसकेको लखनउले यो जितसँगै चेन्नईको प्लेअफ सम्भावनामा धक्का पुगेको छ ।
पुछारमा रहेको लखनउको १२ खेलमा ८ अंक भएको छ भने चेन्नई १२ खेलमा १२ अंकका साथ पाँचौंमा यथावत् छ ।
प्रतिक्रिया 4