३ जेठ, काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राष्ट्रपति रामचन्द्र पौडेलसँग असन्तुष्टि व्यक्त गरेका छन् । आइतबार सुर्खेतमा आयोजित ‘नेपाली कांग्रेसको वृहत्तर एकता र भावी कार्यदिशा’ विषयक कार्यक्रममा बोल्दै खड्काले राष्ट्रपति पौडेलको भूमिकासँग सांकेतिक रूपमा असन्तुष्टि व्यक्त गरेका हुन् ।
खड्काले २०७९ को निर्वाचनपछि गठबन्धन भत्किएको र त्यसपछि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आफैले लामो कुराकानी गरेर पौडेललाई राष्ट्रपति बनाउन भूमिका खेलेको स्मरण गरे ।
‘राष्ट्रपति निर्वाचनअघि १० दिन वार्ता गरिसकेपछि बल्ल प्रचण्डजी मान्नुभयो,’ उनले भने, ‘तर, भोलि अप्ठेरो पार्नुहुन्छ कि, अप्ठेरो मान्छे । धेरै प्रश्न थिए । ती सबै प्रश्नको जिम्मा मैले लिएँ ।’
तर, राष्ट्रपति भएपछि पौडेलको भूमिकाले राष्ट्रिय राजनीतिमा दुर्गति भएको उनले आशय व्यक्त गरे । ‘राष्ट्रपति भएपछि २४ गते(भदौ २४)यता देशको दुर्गति हुनुमा उहाँले के–के भूमिका निर्वाह गर्नुभयो, आज म भन्दिनँ । त्यो पनि मसँग प्रमाण छ,’ खड्काले भने ।
यस्तै राष्ट्रपति पौडेलकै कारण गठबन्धन संस्कृति बिग्रिएको पनि उनले आशय व्यक्त गरे । ‘यी यावत् कारणले गठबन्धन बिग्रिएका हुन्,’ उनले भने ।
प्रतिक्रिया 4