+

आईपीएल २०२६ : राजस्थानमाथि दिल्लीको जित

२०८३ जेठ  ३ गते २३:५३ २०८३ जेठ ३ गते २३:५३
आईपीएल २०२६ : राजस्थानमाथि दिल्लीको जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दिल्ली क्यापिटल्सले आईपीएल २०२६ मा राजस्थान रोयल्सलाई ५ विकेटले पराजित गर्दै छैटौं जित हासिल गरेको छ।
  • दिल्लीले १९४ रनको लक्ष्य ४ बल बाँकी छँदा ५ विकेटको क्षतिमा पूरा गरेको छ।
  • दिल्लीको १३ खेलमा १२ अंक छ र अब कोलकाता नाइट राइडर्ससँग खेल्न बाँकी छ।

३ जेठ, काठमाडौं । दिल्ली क्यापिटल्सले आईपीएल २०२६ मा छैटौं जित हासिल गर्दै प्लेअफ सम्भावना कायमै राखेको छ । आइतबार भएको खेलमा दिल्लीले राजस्थान रोयल्सलाई ५ विकेटले पराजित गरेको हो ।

राजस्थानले दिएको १९४ रनको लक्ष्य दिल्लीले ४ बल बाँकी छँदा ५ विकेटको क्षतिमा पूरा गर्‍यो । दिल्लीका लागि केएल राहुलले सर्वाधिक ५६ रन बनाए भने अभिषेक पोरेलले ५१ रन बनाए । कप्तान अक्षर पटेल ३४ अनि अभिषेक शर्मा १८ रनमा अविजित रहे ।

राजस्थानका जोफ्रा आर्चर र ब्रिजेश शर्माले २-२ तथा दसुन शनकाले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको राजस्थानले २० ओभरमा ८ विकेट गुमाएर १९३ रन बनाएको थियो । एक समय १४ ओभरमा १६०-२ को अवस्थामा भएपनि राजस्थानको ब्याटिङ कोल्याप्स भएको थियो ।

ध्रुव जुरेलले सर्वाधिक ५३ रन बनाए भने कप्तान रियान परागले ५१ रन बनाए । ओपनर वैभव सूर्यवंशीले ४६ रनको योगदान दिए ।

दिल्लीका लागि मिचेल स्टार्कले ४ ओभरमा ४० रन दिएर ४ विकेट लिए । उनले नै राजस्थानको मिडल अर्डर ध्वस्त पारेका थिए । लुंगी एंगिडी र माधव तिवारीले २-२ विकेट लिए ।

यो जितसँगै दिल्लीको १३ खेलमा १२ अंक भएको छ । दिल्लीले अब कोलकाता नाइट राइडर्ससँग खेल्न बाँकी छ । राजस्थानको पनि १२ खेलमा १२ अंक नै छ । राजस्थानले लखनउ र मुम्बईसँग खेल्न बाँकी छ ।

आईपीएल २०२६ दिल्ली क्यापिटल्स राजस्थान रोयल्स

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय