News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली लेगस्पीनर सन्दीप लामिछानेले ओडिआई क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट लिने कीर्तिमान ७३ खेलमै तोडेका छन्।
- सन्दीपले क्रिकेट विश्वकप लिग टु अन्तर्गत स्कटल्यान्ड विरुद्ध २ विकेट लिएर मिचेक स्टार्कको ७७ खेलको कीर्तिमान तोडेका हुन्।
- सन् २०१८ मा ओडिआई डेब्यु गरेका सन्दीपले नेपालका लागि ७३ ओभरमा १५१ विकेट र ७४ टी२०आई खेलमा १३६ विकेट लिएका छन्।
४ जेठ, काठमाडौं । नेपाली लेगस्पीनर सन्दीप लामिछानेले अष्ट्रेलियन बलर मिचेल स्टार्कको कीर्तिमान तोडेका छन् । उनले ओडीआई क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट बलरको कीर्तिमान बनाएका हुन् ।
आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत स्कटल्याण्डविरुद्ध २ विकेट लिएपछि सन्दीपले ७३ खेलमै १५० विकेट लिएर उक्त कीर्तिमान बनाएका हुन् । यसअघि स्टार्कले ७७ खेलमा १५० विकेट लिएका थिए । सन्दीप ओडीआईमा सबैभन्दा छिटो १०० विकेट लिने खेलाडी समेत हुन् । सन्दीपले ४२ खेलमै उक्त उपलब्धि हासिल गरेका थिए ।
सन् २०१८ मा नेदरल्याण्डसविरुद्ध खेल्दै ओडीआई डेब्यु गरेका २५ वर्षीय सन्दीपले नेपालका लागि ७३ ओभरमा १५१ विकेट लिइसकेका छन् । यस्तै उनले ब्याटिङमा पनि ५०० रन बनाएका छन् । यस्तै उनले ७४ टी-२० आई खेलमा १३६ विकेट लिएका छन् ।
प्रतिक्रिया 4