४ जेठ, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत सिरिजमा स्कटल्याण्डले नेपाललाई १९५ रनको लक्ष्य प्रस्तुत गरेको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको स्कटल्याण्ड ३९ ओभर एक बलमा १९४ रनमा समेटियो ।
स्कटल्याण्डका लागि ब्रेन्डन म्याकमुलेनले सर्वाधि ७३ रन बनाए । उनले ४४ बलमा ६ छक्का र ६ चौका प्रहार गरे । माइकल इंग्लिसले अर्धशतक पूरा गरे । उनी ७२ बलमा ५१ रन बनाए । जर्ज मुन्से २१, फिन्ले म्याकक्रेथ ६, कप्तान रिची बेरिङटन १२, माथ्यु क्रस १, मार्क वाट २०, माइकल लिस्क १, ओलीइ जोन्स २ र ओलीभर डेभिडसन ० रनमा आउट भए । ब्राड्ली करी ० रनमा अविजित रहे ।
बलिङमा नेपालका स्पिनर ललित राजवंशी घातक बने । लामो समयपछि विकेटविहीन बनेका ललितले स्कटल्याण्डविरुद्ध ४ विकेट लिए । सन्दीप लामिछाने ३, नन्दन यादव, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरी एकएक विकेट लिए ।
प्रतिक्रिया 4