+
+
Shares
बक्सअफिस :

‘लालीबजार’ ले साढे ३ करोड कमाउँदा ‘मालती मंगले’ को कति छ ?

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ४ गते १२:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चलचित्र विकास बोर्डले २ जेठसम्म प्रदर्शनरत फिल्महरूको कमाइ विवरण सार्वजनिक गरेको छ।
  • फिल्म 'लालीबजार'ले ९ दिनमा ३ करोड ४२ लाख ६१ हजार ७७९ रुपैयाँ कमाएको छ।
  • फिल्म 'परालको आगो'ले ४ करोड २२ लाख २३ हजार ४३५ रुपैयाँ कमाएको छ।

काठमाडौं । चलचित्र विकास बोर्डले प्रदर्शनरत फिल्महरूको कमाइ विवरण सार्वजनिक गरेको छ । २ जेठ शनिबार मध्यरातसम्मको कमाइ विवरण हेर्दा ‘लालीबजार’को कमाइ उत्साहजनक देखिन्छ ।

‘लालीबजार’ ले प्रदर्शनको ९ दिनसम्म देशब्यापी ३ करोड ४२ लाख ६१ हजार ७७९ रुपैयाँ ग्रस कमाएको छ । यो फिल्मलाई सोही अवधिसम्म १ लाख १४ हजार ४८६ जनाले हेरेका छन् ।

‘लालीबजार’ २५ वैशाखदेखि प्रदर्शनमा आएको थियो । सोही दिन रिलिज भएको रामकृष्ण ढकालको फिल्म ‘मालती मंगले’को कमाइ न्यून देखिएको छ । यो फिल्मले शनिबारसम्म ४४ लाख ७८ हजार ६०८ रुपैयाँ कमाएको छ । यसलाई १३ हजार ८९० जनाले मात्र हेरेका छन् ।

सोही दिनमा रिलिज भएको अर्को फिल्म ‘गुरुआमा’को ग्रस कलेक्सन २८ लाख ४४ हजार ४५१ रुपैयाँ छ । यसलाई ८९७४ जनाले हेरेको विवरण उल्लेख छ ।

प्रकाश सपुत स्टारर फिल्म ‘परालको आगो’को कमाइ शनिबारसम्म ४ करोड २२ लाख २३ हजार ४३५ रुपैयाँ ग्रस छ । यसलाई १ लाख ५१ हजार ९२८ जनाले हेरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?