+

एसियन पारा गेम्स : पारा तेक्वान्दो छनोटमा अमिर र रेणुले प्रतिस्पर्धा गर्ने

२०८३ जेठ  ४ गते २१:३८ २०८३ जेठ ४ गते २१:३८
एसियन पारा गेम्स : पारा तेक्वान्दो छनोटमा अमिर र रेणुले प्रतिस्पर्धा गर्ने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मंगोलियामा हुने आईची–नागोया एसियन पारा गेम्सका लागि नेपालबाट दुई खेलाडीले पारा तेक्वान्दो छनोट प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन् ।
  • नेपाली टोलीमा पुरुष ६३ केजीमुनि अमिर ब्लोन र महिला ४७ केजीमुनि रेणु तामाङ सहभागी हुनेछन् र टोली शुक्रबार उलानबटार प्रस्थान गर्ने छ।
  • पलेशा गोबर्धन एसियाली पारा खेलकुदका लागि महिला ५७ केजीमुनि र्‍याङ्किङका आधारमा छनोट भइसकेकी छिन् ।

४ जेठ, काठमाडौं । मंगोलियामा हुने आईची–नागोया एसियन पारा गेम्स अन्तर्गत पारा तेक्वान्दोको छनोट प्रतियोगितामा नेपालबाट २ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

छनोट प्रतियोगितामा सहित ११औं एसियाली पारा तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडीसहित ४ सदस्यीय नेपाली टोली शुक्रबार मंगोलियाको उलानबटार प्रस्थान गर्ने भएको छ ।

मे २६ तारिखमा हुने प्रतियोगतिाको के–४४ क्याटगोरीअन्तर्गत पुरुष ६३ केजीमुनि अमिर ब्लोन र महिला ४७ केजीमुनि रेणु तामाङले प्रतिस्पर्धा गर्ने छन् ।

नेपाली टोलीको प्रशिक्षकमा कविराज नेगी लामा तथा व्यवस्थापकमा रामचन्द्र श्रेष्ठ रहेका छन् ।

फाइनल खेल्ने खेलाडी जापानमा हुने एसियाली पारा खेलकुदमा सहभागी हुन पाउने छन् ।

के–४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनि र्‍याङ्किङका आधारमा पलेशा गोबर्धन भने एसियाली पारा खेलकुदका लागि छनोट भइसकेको प्रशिक्षक लामाले जनाएका छन् । पलेशा विश्व वरीयतको १० औं स्थानमा छिन् ।

त्यसअघि नेपाली खेलाडीले मे २५ मा उलानबटारमै हुने ११औं एसियाली पारा तेक्वान्दो प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् । यस प्रतियोगितामा भने अमिर र रेणुसहित पलेशाले पनि खेल्नेछन् । चीनमा अध्ययनरत पलेशा त्यत्तैबाट उलानबटार जाने छिन् ।

टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रामचरित्र मेहता र राखेप कार्यकारी समितिका पूर्व सदस्य भानबहादुर चन्दले सोमबार एक कार्यक्रमबीच बिदाइ गरे ।

एसियाली पारा गेम्स छनोट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय