News Summary
Generated by OK AI. Editorially reviewed.- प्रतिनिधिसभाको बैठकमा सांसदले ऊर्जा निर्माण र सनसेट ऐन कार्यान्वयन गर्न आग्रह गरे।
- सांसदहरूले राष्ट्रपति महिला उत्थान कार्यक्रम नीति तथा कार्यक्रममा समावेश गर्न जोड दिए।
- सांसदहरूले डिजिटल डोल्पा विकास, महँगी नियन्त्रण र सुकुम्बासीको सम्मानित जीवनयापनका लागि सरकारलाई सुझाव दिए।
५ जेठ, काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसदले ऊर्जा निर्माणदेखि राष्ट्रपति महिला उत्थान कार्यक्रम कार्यान्व्यन हुनुपर्नेमा जोड दिएका छन् ।
बैठकमा सांसद श्रीराम न्यौपानेले ऊर्जाबिना कुनै पनि विकास निर्माण सम्भव नहुने बताउँदै तत्काल सनसेट ऐन ल्याइ कार्यान्व्यन गर्न आग्रह गरे ।
सांसद भूमिका सुब्बाले राष्ट्रपति महिला उत्थान कार्यक्रम नीति तथा कार्यक्रममा छुटाउनै नहुने बताइन् । धनबहादुर बुढाले डिजिटल डोल्पा र पूर्ण इन्टरनेट डोल्पा बनाउन सरकारसमक्ष माग गरे ।
सांसद सरस्वती लामाले जनता महँगीको मारमा परेको र उनीहरूको जीवन सहजीकरण गर्नतर्फ सरकारले सामाजिक उत्तरदायित्व बहन गर्नुपर्ने बताइन् ।
सांसद केपी खनालले सरकारले सुकुम्बासीलाई दुर्गन्धित खोला क्षेत्रबाट हटाएर सम्मानित र व्यवस्थित जीवनयापनका लागि प्रयास गरेको बताए ।
सांसद प्रकाशचन्द्र परियारले समृद्धि मात्रै नभएर समानतामूलक समृद्धि आवश्यक रहेको धारणा राखे ।
दलीय आधारमा विशेष समय लिएर सांसद आनन्द चन्द, देवराज पाठक, यज्ञबहादुर बोगटी, अम्विकादेवी सङ्ग्रौला, विष्णुबहादुर खड्का, सुलभ खरेलले समेत संसद्मा धारणा राखेका थिए ।
प्रतिक्रिया 4