+
+
Shares

३७ वटा पासपोर्टसहित त्रिभुवन विमानस्थलबाट एक जना पक्राउ

कुनै आधिकारिक स्वीकृति एवम् पत्र नलिई ३७ वटा राहदानी रोमनिया भिसा लगाउने भनी भारत लैजाँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको बताइएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ५ गते १५:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३७ वटा राहदानीसहित अजित श्रेष्ठलाई पक्राउ गरिएको छ।
  • अजित श्रेष्ठले कुनै आधिकारिक स्वीकृति नलिई ३७ वटा राहदानी रोमनिया भिसा लगाउने भन्दै भारत लैजाँदै थिए।
  • उनीलाई थप अनुसन्धानका लागि उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु पठाइएको छ।

५ जेठ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३७ वटा राहदानीसहित एक व्यक्ति पक्राउ परेका छन् ।

आज मंगलबार बिहान पौने १२ बजेको समयमा नेपाल एयरलाइन्सको उडानमार्फत भारतको दिल्ली जान लागेका सिरहा धनगढीमाई नगरपालिका-१३ घर भएका अजित श्रेष्ठलाई विमानस्थल सुरक्षा कार्यालयको टोलीले नियन्त्रणमा लिएको हो ।

कुनै आधिकारिक स्वीकृति एवम् पत्र नलिई ३७ वटा राहदानी रोमनिया भिसा लगाउने भनी भारत लैजाँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको बताइएको छ । थप अनुसन्धानका लागि उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु पठाइएको परहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?