News Summary
Generated by OK AI. Editorially reviewed.- विराटनगरमा ग्यास बुलेटकाे ठक्करबाट दुई जना साइकल यात्रीको मृत्यु भएको छ।
- मृत्यु हुनेहरूमा ४०/४५ वर्षका पुरुष र १३/१४ वर्षकी बालिका छन्, पहिचान खुल्न बाँकी छ।
- चालक रामलाल सहनीलाई प्रहरीले नियन्त्रणमा लिएको छ र दुर्घटनापछि भिडले ग्यास बुलेट तोडफोड गरेको छ।
५ जेठ, विराटनगर । विराटनगरमा ग्यास बुलेटकाे ठक्करबाट दुई जना साइकल यात्रीकाे मृत्यु भएको छ ।
कोशी लोकमार्गअन्तर्गत विराटनगर महानगरपालिका-१४ हनुमान मन्दिर अगाडि मंगलबार एएस ०१ एफसी ०९१९ नम्बरको एलपी ग्यास बुलेटकाे ठक्करबाट दुई जनाको मृत्यु भएको हाे ।
प्रहरीका अनुसार अन्दाजी ४०/४५ वर्षका पुरुष र १३/१४ वर्षकी बालिकाको मृत्यु भएको हाे । उनीहरूकाे पहिचान खुल्न बाँकी रहेकाे माेरङका प्रहरी उपरीक्षक कवित कटवालले बताए ।
प्रहरीका अनुसार दुर्घटनामा दुई जना गम्भीर घाइते भएका थिए । उपचारका लागि कोशी अस्पताल पुर्याइएकाे थियो । उपचारका क्रममा मृत्यु भएको हाे । घटनापछि ग्यास बुलेट र चालक भारत घर भएका ४५ वर्षीय रामलाल सहनीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनापछि आक्राेशित भिडले बुलेट ताेडफाेड गरेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4