News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ८१.३७ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन्।
- काउन्सिलको २९ वैशाखको बैठकमा १३१ जना उत्तीर्ण भएको र ३२ जना फेल भएको जानकारी दिइएको छ।
- काउन्सिलले सात वटा समिति गठन गर्ने निर्णय गरेको छ, जसमा शिक्षा, दर्ता, परीक्षा र खरिद समिति समावेश छन्।
५ वैशाख, काठमाडौं । नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ८१.३७ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।
२९ वैशाखको काउन्सिलको पूर्ण बैठकमा निर्णय सार्वजनिक गर्दै १३१ जना उत्तीर्ण भएको जनाएकारी दिएको छ ।
२० चैतमा लिएको काउन्सिलको विशेष लाइसेन्स परीक्षामा १६५ जना परीक्षार्थीले फर्म भएका थिए । तर परीक्षामा दुई जना भने अनुपस्थित भए । काउन्सिलका अनुसार २ जना अनुपस्थित र ३२ जना परीक्षार्थी फेल भएका छन् ।
त्यसैगरी काउन्सिलको कार्य सञ्चालन गर्नका ७ वटा समिति गठन गर्ने निर्णय गरिएको छ ।
शिक्षा तथा सीपीडी समिति, दर्ता समिति, विदेशी नागरिक चिकित्सक दर्ता समिति, व्यावसायकि आचरण तथा स्वास्थ्य समिति, परीक्षा समिति, दन्त समिति र खरिद समिति बनाउने निर्णय भएको काउन्सिलले जनाएको छ ।
प्रतिक्रिया 4