+
+
Shares

बाराको समिति भंग गरेर नयाँ नेतृत्व चयन गर्न रास्वपाले तोक्यो केन्द्रीय प्रतिनिधि

सम्पर्क विभागका समन्वय प्रमुख प्रदीप तिमल्सेना (साजन) लाई बाराको नयाँ समिति बनाउन जिम्मेवारी दिइएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ६ गते १३:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीले बाराको तदर्थ समिति भंग गरी नयाँ समिति बनाउन केन्द्रबाट प्रदीप तिमल्सेनालाई जिम्मेवारी दिएको छ।
  • संगठन विभागका उप प्रमुख बोधनारायण श्रेष्ठले तिमल्सेनालाई वडा देखि जिल्ला तहसम्मको अधिवेशन गराउन निर्देशन दिएका छन्।
  • जेठ ९ गते बारामा विस्तारित बैठक बोलाएर नयाँ समिति बनाउन प्रक्रिया सुरु गरिने जानकारी तिमल्सेनाले दिएका छन्।

६ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बाराको तदर्थ समिति भंग गरेर नयाँ समिति बनाउन जिम्मेवारी तोकेको छ ।

बाराको पार्टी संगठन भंग गरेर नयाँ समिति बनाउन केन्द्रबाट नेता खटाइएको छ । सम्पर्क विभागका समन्वय प्रमुख प्रदीप तिमल्सेना (साजन) लाई बाराको नयाँ समिति बनाउन जिम्मेवारी दिइएको छ ।

संगठन विभागका उप प्रमुख बोधनारायण श्रेष्ठले उक्त संगठनका सदस्य समेत रहेका तिमल्सेनालाई बाराको वडा देखि जिल्ला तहसम्मको अधिवेशन गराउन जिम्मेवारी दिएका हुन् । जेठ ९ गते जिल्लाको विस्तारित बैठक डाकेर नयाँ समिति बनाउन प्रक्रिया सुरु हुने तिमल्सेनाले जानकारी गराए ।

बाराको पार्टी संगठनमा विवाद भएपछि पार्टीले भंग गरेको थियो । बारा जिल्ला संगठन निर्माण विशेष समितिको संयोजक कामिनी चौधरीले सदस्यता वितरण बाहेक सबै कार्य रोक्न निर्देशन दिएकी थिइन् । बारामा देखिएको संगठनको समस्यामा छलफल गर्न विस्तारित बैठक बोलाइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?