News Summary
Generated by OK AI. Editorially reviewed.- परराष्ट्रमन्त्री शिशिर खनालले नयाँ सरकारको प्राथमिकताबारे चीनले चासो राखेको जानकारी दिनुभयो।
- परराष्ट्रमन्त्री खनालले नयाँ सरकारले नेपाललाई बलियो र गतिशील राष्ट्र बनाउन केन्द्रित रहेको बताउनुभयो।
- सरकार र चीनबीच निरन्तर सम्पर्क र संवाद भइराखेको परराष्ट्रमन्त्री खनालले उल्लेख गर्नुभयो।
६ जेठ, काठमाडौं । बालेन शाह नेतृत्वको नयाँ सरकारको प्राथमिकताबारे छिमेकी राष्ट्र चीनले पनि चासो राखेको परराष्ट्रमन्त्री शिशिर खनालले जानकारी गराएका छन् ।
बुधबार प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा मन्त्री अनालले नयाँ सरकारको चीनसँग पनि संवाद भइराखेको बताए ।
‘उत्तरी छिमेकीसँग पनि निरन्तर सम्पर्क सम्पर्क र संबादमा हामी छौं,’ परराष्ट्रमन्त्री खनाल भन्छन्, ‘हाम्रो आफ्नै प्राथमिकताका विषयमा उहाँहरूले चासो राख्नु भएको छ । नयाँ सरकार बनिसकेपछि कस्तो खाले विषय प्राथमिकतामा छन् भन्ने उहाँहरूको अलि बढी चासो छ । त्यसमा हामी निरन्तर सम्पर्कमा नै छौं ।’
रास्वपा दुई सिट कम दुइ तिहाइ बहुमतमा छ । रास्वपाको एकल बहुमतको सरकार रहेका बेला चीनले नयाँ सरकारको प्राथमिकता के कसो छन् भनेर चासो राखेको हो ।
उनका अनुसार सरकार नेपाललाई बलियो र गतिशील राष्ट्रका रुपमा अगाडि बढाउनेतर्फ केन्द्रित छ ।
मन्त्री खनाल भन्छन्, ‘भूराजनीति जटिलताका बाबजुद नेपाललाई एउटा बलियो, स्थिर, गतिशील राष्ट्रका रुपमा अगाडि बढाउने क्रममा परराष्ट्र मन्त्रालय साना–साना मसिना पालिकाका डकुमेन्टदेखि समग्र अन्तर्राष्ट्रिय सम्बन्ध र युएनमा हाम्रो प्रेजेन्ससम्मका विषयमा हामी एकदमै मेहनतका साथ लागि राख्या छौं ।’
प्रतिक्रिया 4