+
+
Shares

३० अंक बढ्यो सेयर बजार, सबै सूचकमा वृद्धि

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ६ गते १५:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सेयर बजार बुधबार ३०.०८ अंक (१.१० प्रतिशत) बढेर २७५४ अंकमा पुगेको छ।
  • कारोबार रकम ३ अर्ब ८२ करोड पुगेको छ, जुन अघिल्लो दिनभन्दा बढि हो।
  • अपर लोहोरेखोला जलविद्युतको मूल्य १५ प्रतिशतले सबैभन्दा धेरै बढेको छ।

६ जेठ, काठमाडौं । अघिल्लो दिन ६ अंक घटेको सेयर बजार बुधबार ३० अंक बढेको छ । ३०.०८ अंक (१.१० प्रतिशत) बढेसँगै नेप्से परिसूचक २७५४ अंकमा कायम भएको छ । जुन अंक दिनभरको अधिकतम पनि हो ।

कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ३ अर्ब ८ करोडको कारोबार भएकोमा आज ३ अर्ब ८२ करोडको भयो । आज कारोबार खुलेदेखि अन्तिम समयसम्म बजारको वृद्धि कायम रह्यो ।

२१ कम्पनीको मूल्य घट्यो भने २४८ को बढ्यो । एउटा कम्पनी (एनएलजी)को मूल्य स्थिर रह्यो । सबै समूहका सूचक बढेका छन् । दुई समूह सूचक हाइड्रोपावर र होटल तथा पर्यटन सबैभन्दा धेरै १.८९ प्रतिशत बढे ।

त्यस्तै बैंकिङ ०.७३, विकास बैंक ०.४४, फाइनान्स १.४०, लगानी १.१५, जीवन बीमा ०.९७, उत्पादन तथा प्रशोधन १.१५, माइक्रोफाइनान्स ०.६२, निर्जीवन बीमा ०.४४, अन्य १.०९ तथा व्यापार १.५१ प्रतिशत बढे ।

अपर लोहोरेखोला जलविद्युतको मूल्य सबैभन्दा धेरै १५ प्रतिशत बढ्यो । त्यस्तै माउन्टेन हाइड्रो नेपालको ११.८८, बुंगल हाइड्रोको ७.५१, शिखर पावरको ६.१२, सिटी होटलको ५.९० प्रतिशत मूल्य बढ्यो ।

कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य सबैभन्दा धेरै १३.२६ प्रतिशत घट्यो । बोटलर्स नेपाल बालाजुको ३, तथा कुथेली बुखरी हाइड्रोपावरको २.०७ प्रतिशत घट्यो । आज धेरै कारोबार भएका पाँच कम्पनीमा कर्पोरेट डेभलपमेन्ट बैंक, आँखुखोला जलविद्युत्, अपी पावर, रिडी पावर र नेसनल हाइड्रोपावर छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?