+
+
Shares

हुम्लाको बाढी पहिरो क्षेत्र नेप्का गाउँमा ६ घण्टापछि पुग्यो प्रहरी

नरजन तामाङ नरजन तामाङ
२०८३ जेठ ६ गते १५:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हुम्लाको चंखेली गाउँपालिका–५ नेप्का गाउँमा आएको बाढीपहिरोले ६७ घरधुरीको खेतीयोग्य जमिन बगाएको छ।
  • प्रहरी चौकी मेल्छामबाट ६ घण्टापछि घटनास्थल पुगेपछि भेडाबाखा निकाल्ने काम सुरू भएको छ।
  • डाँफे आधारभूत विद्यालयको भवन भत्किएपछि कम्प्युटर र प्रिन्टर नष्ट भएको छ र सांसदहरूले राहतको व्यवस्थापन गर्न आग्रह गरेका छन्।

६ जेठ, हुम्ला । हुम्लाको चंखेली गाउँपालिका–५ नेप्का गाउँमा आएको बाढीपहिरोले क्षतिग्रस्त क्षेत्रमा प्रहरी पुगेको छ ।

प्रहरी चौकी मेल्छामबाट ६ घण्टापछि प्रहरी पुगेको हो ।

प्रहरी पुगेपछि गोठ भत्किएर पुरिएको भेडाबाखा निकाल्ने काम सुरू भएको चंखेली गाउँपालिका–५ का रामचन्द्र तामाङले जानकारी दिए ।

गएराति एक्कासी असिना पानीले गाउँको खेतीयोग्य जमिन क्षतविक्षत बनाएको तामाङले गुनासो गरे ।

६७ घरधुरी खेतीयोग्य जमिन बगाएर लिएपछि यहाँका स्थानीय बासीहरू सकस भएको तामाङको भनाइ छ

गाउँपालिका केन्द्रबाट एक दिन पैदलपछि चंखेली गाउँपालिका–५ को नेप्का गाउँ पुग्नुपर्ने बाध्यता छ ।

डाँफे आधारभूत विद्यालयको ५ कोठे भवन भत्किएपछि विद्यालयको कम्युटर, प्रिन्टर, लगायतका सम्पूर्ण सामाग्री नष्ट भएको डाँफे आधारभूत विद्यालयका प्रधानाध्यापक बलि तामाङले जानकारी दिए ।

उक्त ठाउँमा भएको क्षतिबारे संसद्मा जानकारी गराउँदै एमाले सांसद यशोदाकुमारी बराल र सुर्खेतबाट निर्वाचित सांसद रमेश सापकोटाले राहतको व्यवस्थापन गर्न आग्रह गरेकी छिन् ।

लेखक
नरजन तामाङ

तामाङ हुम्लाबाट पत्रकारिता गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?