+
+
Shares

विनियोजन विधेयकको प्राथमिकतामा सांसद गजुरेलका १० बुँदे सुझाव

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ६ गते १५:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिश गजुरेलले विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकतामाथि १० बुँदे सुझाव प्रस्तुत गर्नुभएको छ।
  • गजुरेलले निजि लगानीलाई आकर्षण गर्न कानुन, नीति र प्रक्रियामा सुधार गर्नुपर्ने र लगानी बोर्डको पुनःसंरचना आवश्यक भएको बताउनुभएको छ।
  • उहाँले विकासका लागि अधिकतम ४ खर्बभन्दा बढी बिनियोजन गर्न नसकिने र एक द्वार प्रणालीलाई प्रभावकारी बनाउनुपर्ने सुझाव दिनुभएको छ।

६ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिश गजुरेलले विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकतामाथि १० बुँदे सुझाव प्रस्तुत गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमार्फत उनले आफ्ना सुझाव प्रस्तुत गरेका हुन् ।

यस्ता छन् गजुरेलका सुझाव– 

१ आम नागरिकको माग र राज्यको श्रोतको खाडल निकै ठूलो छ, यस्तो खाडल पुर्न राज्य को श्रोत पर्याप्त छैन ।

३ निजि लगानी (स्वदेशी र बिदेशी ) दुवै आकर्षण गर्न जरुरी छ।

४ तर निजि लगानी आज को कानुन, नीति र प्रक्रियाले सम्भब छैन, सुधार गरौं ।  

५ निजि क्षेत्र लाइ लगानी सुरक्षित छ भन्ने प्रत्याभूति दिनु पर्छ।

६ निजि क्षेत्रले लगानी समाज सेबा गर्न होइन, कमाउन नै हो, त्यो बाताबरण राज्य बनाउनु पर्छ।

७ निजि क्षेत्रले कानुनको परिधि मा रहेर सहज रुप मा काम गर्ने बाताबरण बनाउन पर्छ।

८ लगानी बोर्ड जुन निजि क्षेत्र को लगानी प्रबर्धन गर्न प्रधानमन्त्रीको अधक्ष्यता मा बनेको छ, त्यो प्रभाबकारी छैन।  यसको पुन:संरचना जरुरी छ ।

९ हाम्रो परियोजना बैंक नाम को मात्र छ, चभबमथ तय नय परियोजना बैंक निर्माण गरौं ।

१० एक द्वार प्रणाली नामको मात्र छ, लगानीकर्ता एउटा निकाय बाट अर्को मा धाउनु पर्ने अवस्था छ, त्यो अन्त्य गरौं ।

११ यो वर्ष पनि विकासको लागि अधिकतम ४ खर्ब भन्दा बढी बिनियोजन गर्न सक्ने अवस्था छैन, जुन आम नागरिकको मागको हिसाबमा धेरै कम हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?