+
+
Shares

मधेशका मुख्यमन्त्री यादवलाई एमालेले पनि विश्वासको मत दिने

कांग्रेस सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले फरक फरक समयमा एमाले अध्यक्ष केपी ओलीलाई भेटेर सातै प्रदेशका सरकार बारे छलफल गरेका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ६ गते १७:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई नेकपा एमालेले पनि विश्वासको मत दिने सहमति भएको छ।
  • विश्वासको मत लिन नयाँ मिति जेठ ८ गते तय गरिएको छ।
  • कांग्रेस सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले एमाले अध्यक्ष केपी ओलीसँग सातै प्रदेश सरकार बारे छलफल गरेका छन्।

६ जेठ, काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई नेकपा एमालेले पनि विश्वासको मत दिने भएको छ ।

गत शुक्रबार विश्वासको मतका लागि दिन तय गरिए पनि स्थगित गरिएको थियो । जनता समाजवादी पार्टी नेपालका सांसदहरुले फ्लर क्रस गर्ने आशंकाले मुख्यमन्त्री यादवले विश्वासको मत लिने कार्यसूचीलाई स्थगित गरेका थिए । विश्वासको मतका लिन नयाँ मिति जेठ ८ गतेका लागि तय गरिएको छ ।

कांग्रेस, जसपा नेपाल, लोसपा, नेकपा वीचमा मुख्यमन्त्री यादवलाई निरन्तरता दिने सहमति बनेको थियो । जसपा र लोसपाको एकीकरणलाई निर्वाचन आयोगले मान्यता दिएसँगै एकीकृत दलले जसपाले विश्वासको मत दिन आनाकानी गरेको थियो ।

कांग्रेसबाट मुख्यमन्त्री रहेका यादवले विश्वासको मत पाउने/नपाउने अनिश्चित बनेपछि केन्द्रीय तहमा कांग्रेस र एमालेको वीचमा संवाद भएको थियो । कांग्रेस सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले फरक फरक समयमा एमाले अध्यक्ष केपी ओलीलाई भेटेर सातै प्रदेशका सरकार बारे छलफल गरेका थिए ।

दुई दलमा भएको प्रारम्भिक सहमति अनुसार मधेसमा एमालेका सांसदले मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने भएका छन् । केन्द्रीय तहमा भएको सहमति अनुसार मधेश कांग्रेसका एक नेताले भने,‘मुख्यमन्त्रीलाई एमालेको पनि समर्थन रहन्छ । कृष्ण यादवले विश्वासको मत पाउनुहुन्छ ।’

कांग्रेस र एमालेबीचमा भएको सहमतिबारे बुधबार साँझ सभापति थापा र उपसभापति शर्माले मधेशका नेता एवं सांसदहरुसँग छलफल गर्ने भएका छन् । कांग्रेसले महोत्तरीको बर्दिवास आजदेखि सुरु गरेको दुईदिने कार्यक्रमका लागि शीर्ष नेताहरु मधेसमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?