News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले निर्वाचन ब्यूरोमा १७ जना सदस्यहरू मनोनीत गरेका छन्।
- उपसभापति पुष्षा भुसालको संयोजकत्वमा प्रदेश तथा स्थानीय तह निर्वाचन केन्द्रीत निर्वाचन ब्यूरो गठन गरिएको थियो।
- ब्यूरोका सदस्यहरूलाई देशव्यापी निर्वाचन डाटाबेस निर्माण र विस्तृत निर्वाचन योजना तयार गर्ने कार्यादेश दिइएको छ।
६ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले निर्वाचन ब्यूरोमा १७ जना सदस्यहरू मनोनीत गरेका छन् ।
उपसभापति पुष्षा भुसालको संयोजकत्वमा प्रदेश तथा स्थानीय तह निर्वाचन केन्द्रीत निर्वाचन ब्यूरो गठन गरिएको थियो ।
उक्त ब्यूरोमा सदस्यहरू मनोनीत गरी सभापति थापाले कार्यादेश समेत दिएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।
पार्टीको देशव्यापी निर्वाचन डाटाबेस निर्माण गर्ने, ७५३ स्थानीय तह, ६,७४३ वडा र ७ प्रदेश स्तरमा विस्तृत निर्वाचन योजना तयार गर्ने, मतदाता र वस्तुस्थिति विश्लेषण गरी उम्मेदवार छनोट प्रणाली वैज्ञानिक र तथ्यपरक बनाउने, लगायतका कार्यादेश उनीहरूलाई दिइएको छ ।
को को भए मनोनीत ?
१. जीवन परियार — कास्की
२. अब्दुल सत्तार — गोरखा
३. नानु बास्तोला — काठमाडौं
४. सन्दीप राना — पाल्पा
५. वंशलाल तामाङ — सिन्धुपाल्चोक
६. प्रकाश तिवारी — स्याङ्जा
७. महेश ढुङ्गेल — काठमाडौं
८. दीपक महतो — सर्लाही
९. हरि पोखरेल — झापा
१०. सुदर्शन आचार्य — सिन्धुपाल्चोक
११. रोहित पौडेल — काठमाडौं
१२. डा. भुमीराज चापागाईं — नवलपुर
१३. सिद्धार्थ थापा — धनकुटा
१४. नवराज त्रिपाठी — बारा
१५. तेज बिनोद पौडेल — स्याङ्जा/हाल : अमेरिका
१६. जगनाथ लामिछाने — काठमाडौं
१७. मिलनराज बर्तौला — काठमाडौं
प्रतिक्रिया 4