+

सूर्य नेपाल च्यालेन्जको दोस्रो दिन शुक्र र भुवन शीर्षस्थानमा

२०८३ जेठ  ६ गते २१:०६ २०८३ जेठ ६ गते २१:०६
सूर्य नेपाल च्यालेन्जको दोस्रो दिन शुक्र र भुवन शीर्षस्थानमा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सूर्य नेपाल गल्फ टुर २०२५-२६ अन्तर्गत सूर्य नेपाल च्यालेन्जको दोस्रो दिन शुक्र बहादुर राई र भुवन नगरकोटी ८-अन्डर १ सय २८ स्कोरमा संयुक्त शीर्षस्थानमा छन्।
  • धन बहादुर थापाले ७-अन्डर ६१ को उत्कृष्ट स्कोर बनाएर समग्रमा ५-अन्डर १ सय ३१ सहित तेस्रो स्थानमा रहेका छन्।
  • प्रतियोगितामा ५२ खेलाडी प्रतिस्पर्धा गरिरहेका छन् र विजेताले १ लाख ३० हजार पुरस्कार पाउनेछन्।

६ जेठ, काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२५-२६ अन्तर्गत सातौं प्रतियोगिता सूर्य नेपाल च्यालेन्जको दोस्रो दिन शुक्र बहादुर राई र भुवन नगरकोटी समग्रमा ८-अन्डर १ सय २८ को स्कोरमा संयुक्तरुपमा शीर्षस्थानमा रहेका छन् ।

उनीहरू दुवैले आज ६-अन्डर ६२ को उत्कृष्ट स्कोरमा धन बहादुर थापालाई ३ स्ट्रोकले पछि पारे । धनले आज दिनकै उत्कृष्ट ७-अन्डर ६१ को स्कोर बनाए । उनले समग्रमा ५-अन्डर १ सय ३१ स्कोर दर्ज गरे ।

समग्रमा ३-अन्डर १ सय ३३ सहित रामे मगर, भुवन कुमार रोक्का र पहिलो दिनका लिडर दिनेश प्रजापतिले संयुक्त रूपमा चौथो स्थान बाँडे । रामेले आज इभन-पार ६८, भुवन रोक्काले १-ओभर ६९ र दिनेशले ३-ओभर ७१ को स्कोर निकाले ।

आज १-अन्डर ६७ को कार्ड बनाएका दीपक मगर समग्रमा २-अन्डर १ सय ३४ सहित सातौं स्थानमा छन् । नेपाल नम्बर एक गल्फर निरज तामाङले आज ४-अन्डर ६४ सहित समग्रमा १-अन्डर १ सय ३५ सहित आठौं स्थानमा दोस्रो दिनको खेल सकाए ।

यस्तै समग्रमा इभन-पार १ सय ३६ को स्कोरमा रवि खड्का र सञ्जय लामा संयुक्तरुपमा नवौं स्थानमा छन् । रविले आज ३-अन्डर ६५ खेल्दा सञ्जयले ३-ओभर ७१ मा खेल सकाए ।

एमेच्योरतर्फ राष्ट्रिय टिमका सदस्य राहुल विश्वकर्माले समग्रमा २-अन्डर १ सय ३४ सहित स्वप्निल भट्टराईलाई १ स्ट्रोकले पछि पारेका छन् । राहुलले आज २-अन्डर ६६ को कार्ड बनाए । समग्रमा १-अन्डर १ सय ३५ स्कोर जोडेका स्वप्निलले आज ३-ओभर ७१ को स्कोर बनाए । समग्रमा ५-ओभर १ सय ४१ को स्कोरमा कवि थापा तेस्रो स्थानमा रहेका छन् । यस्तै चौथो स्थानमा रहेका बलराम पौडेलले पनि कट बनाए ।

३६ होलको समाप्तिमा ८-ओभर १ सय ४४ स्कोर गरेका १८ प्रो र ४ एमेच्योर सहित कुल २२ खेलाडी कट बनाउन सफल रहे । प्रोतर्फ प्रदीप कुमार लामा, टंक बहादुर कार्की, सुनिल केसी, रमेश अधिकारी, विकास बोगटी, जयराम श्रेष्ठ, सञ्जीब बहादुर नेपाली र सुन्दर राईले कट बनाए ।

शुक्रले दिनको सुरूवात बोगीबाट गरे पनि छैटौं र आठौं होलको बर्डीले फ्रन्ट नाइन १-अन्डर ३३ मा सकाए । यसपछि शुक्रले लोभलाग्दो प्रदर्शनका साथ ब्याक नाइन ५-अन्डर २९ मा पुरा गरे ।

११औं देखि १३औं होलमा लगातार तीन बर्डी प्रहार गरेका उनले १६औं र १८औं होलमा पनि एक-एक सट बचाए । बोगी रहित ब्याक नाइन खेलेका उनले कुल ५ बर्डी प्रहार गरे । योसँगै उनी छैटौंबाट शीर्षस्थानमा उक्लिए ।

भुवनले फ्रन्ट र ब्याक नाइन दुवै ३-अन्डर ३१ मा सकाए । बोगी रहित स्कोर कार्ड तयार गरेका उनले पहिलो, चौथो, नवौं तथा १२औं, १४औं र १७औं होलमा गरी कुल ६ बर्डीको सफलता प्राप्त गरे ।

दिनको उत्कृष्ट ७-अन्डरको कार्ड बनाएका धनले पनि बोगी रहित प्रदर्शन गरे । पहिलो, तेस्रो र छैटौं होलमा एक-एक सट बचाएका उनले फ्रन्ट नाइन ३-अन्डर ३३ मा सकाए । यसपछि १३औं, १४औं, १७औं र १८औं होलको बर्डीले ब्याक नाइन ४-अन्डर ३० मा पुरा गरे ।

सूर्य नेपाल प्रालिको प्रायोजनमा पीजीए नेपालद्वारा आयोजित ७२ होलको चार दिने प्रतियोगितामा कूल ५२ खेलाडी प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रतियोगिताको कुल पुरस्कार राशी ७ लाख १० हजार रहेको छ। विजेताले १ लाख ३० हजार प्राप्त गर्नेछ। दोस्रो र तेस्रो हुने खेलाडीले क्रमश ९० हजार र ७० हजार प्राप्त गर्नेछन् ।

चौथो र पाँचौं हुने खेलाडीले ५५ हजार र ४६ हजार हात पार्नेछन्। साथै, उत्कृष्ट १८ मा पर्न सफल अन्य प्रोफेसनल खेलाडीले पुरस्कार प्राप्त गर्नेछन् ।

सूर्य नेपाल च्यालेन्ज गल्फ

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय