+

एस्टन भिल्लाले जित्यो युरोपा लिग फुटबलको उपाधि

२०८३ जेठ  ७ गते ७:४२ २०८३ जेठ ७ गते ७:४२
एस्टन भिल्लाले जित्यो युरोपा लिग फुटबलको उपाधि

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इंग्लिस क्लब एस्टन भिल्लाले ३० वर्षको उपाधि खडेरी तोड्दै युरोपा लिग फुटबलको उपाधि जितेको छ ।
  • एस्टन भिल्लाले इस्तानबुलस्थित बेसिक्टास पार्कमा जर्मन क्लब फ्राइबर्गलाई ३–० ले हराएको थियो ।
  • मुख्य प्रशिक्षक उनाई एमरीका लागि यो पाँचौं युरोपा लिग उपाधि हो ।

७ जेठ, काठमाडौं । इंग्लिस क्लब एस्टन भिल्लाले ३० वर्षको उपाधि खडेरी अन्त्य गर्दै युरोपा लिग फुटबलको उपाधि जितेको छ ।

इस्तानबुलस्थित बेसिक्टास पार्कमा बुधबार राति भएको फाइनलमा जर्मन क्लब फ्राइबर्गलाई ३–० ले हराउँदै एस्टन भिल्लाले दोस्रो ठूलो युरोपियन उपाधि जित्न सफल भयो ।

यसअघि भिल्लाले सन् १९९६ मा फुटबल लिग कपको उपाधि जितेयता कुनैपनि उपाधि जित्न सकेको थिएन । युरोपियन प्रतियोगिताको उपाधि भने ४४ वर्षपछि जितेको हो । सन् १९८२ मा युरोपियन कप जितेको थियो ।

खेलको पहिलो हाफमै एस्टन भिल्लाले दुई गोल गर्दै खेल आफ्नो पक्षमा पारेको थियो । ४१औं मिनेटमा युरी टिलेमान्सले गोल गर्दै टोलीलाई अग्रता दिलाए । त्यसपछि पहिलो हाफको इन्जुरी समयमा एमिलियानो बुएन्डियाले शानदार गोल गर्दै अग्रता दोब्बर बनाए ।

दोस्रो हाफको ५८औं मिनेटमा मोर्गन रोजर्सले अर्को गोल थपेपछि एस्टन भिल्लाको जित सुनिश्चित भयो । खेलभर एस्टन भिल्लाले दबाब कायम राख्यो । अमाडु ओनानाको प्रहार पोस्टमा लागेको थियो भने बुएन्डियाले अर्को अवसर पनि गुमाएका थिए ।

मुख्य प्रशिक्षक उनाई एमरीका लागि यो पाँचौं युरोपा लिग उपाधि हो । उनले सन् २०२२ नोभेम्बरमा टोली सम्हालेपछि एस्टन भिल्लाको प्रदर्शनमा ठूलो परिवर्तन आएको छ ।

एस्टन भिल्लाले यसअघि सन् १९९६ मा लिग कप जितेको थियो । त्यसयता पहिलो पटक टोलीले ठूलो उपाधि जित्न सफल भएको हो ।

एस्टन भिल्ला युरोपा लिग फुटबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय