+

काभा महिला भलिबल च्याम्पियनसिप : प्रतिस्पर्धात्मक खेलमा नेपाल भारतसँग पराजित

२०८३ जेठ  ८ गते १९:५२ २०८३ जेठ ८ गते १९:५२
काभा महिला भलिबल च्याम्पियनसिप : प्रतिस्पर्धात्मक खेलमा नेपाल भारतसँग पराजित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काभा महिला भलिबल च्याम्पियनसिपको पहिलो दिन नेपालले भारतसँग ३-२ को सेटमा पराजित भएको छ।
  • नेपालले पहिलो र चौथो सेट जितेको भए पनि भारतले दोस्रो, तेस्रो र पाँचौं सेट आफ्नो पक्षमा पारेको हो।
  • भारतले निर्णायक पाँचौं सेट १५-९ ले जितेर खेल ३-२ ले जितेको र अंक तालिकामा २ अंक जोडेको छ।

९ जेठ, काठमाडौं । काभा महिला भलिबल च्याम्पियनसिप अन्तर्गत पहिलो दिन भएको प्रतिस्पर्धात्मक खेलमा नेपाल भारतसँग ३-२ को सेटमा पराजित भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा भएको समूह ए को खेलमा नेपालले पहिलो सेट जित्दै सुखद सुरुवात गरेपनि त्यसपछि भारतले लगातार दुई सेट जितेर अग्रता बनायो ।

चाैथो सेट नेपालले जित्दै खेल पाँचाै सेटमा पुर्याएपनि भारतले निर्णायक सेट आफ्नो पक्षमा पार्दै खेल जितेको हो । भारतले नेपाललाई २१-२५, २५-२०, २५-१९, २१-२५, १५-९ ले हरायो ।

घरेलु कोर्टमा नेपालले पहिलो सेट २५-२१ ले जित्दै खेलमा अग्रता बनाएको थियो । तर नेपालले त्यो लय कायम राख्न सकेन ।

सुरुवाती अग्रता भारतले लिएपनि घरेलु समर्थकको साथ पाएको नेपालले १३-१३ मा बराबरी गरेको थियो र त्यसपछि त्यो अग्रता कायम राख्दै सेट आफ्नो पक्षमा पारेको हो ।

भारतले दोस्रो सेट २५-२० ले आफ्नो पक्षमा पार्दै खेल १-१ को स्थितिमा ल्याएको थियो । दोस्रो सेटमा नेपालले पहिले अंक जोडेपनि त्यसपछि भारतले लगातार अंक जोड्दै अग्रता बनायो । नेपालले १०-१० को बराबरी गरेपनि त्यसपछि भने त्यो लय निरन्तरता दिन सकेन ।

दोस्रो सेटमा नेपाल विशेषगरी रिसिभ र डिफेन्समा कमजोर देखियो । तेस्रो सेटमा पनि भारतले २५-१९ ले आफ्नो पक्षमा पार्दै खेलमा २-१ को अग्रता बनायो । तेस्रो सेटमा पनि नेपालले अपेक्षा अनुसार प्रदर्शन गर्न सकेन । सबै क्षेत्रमा नेपाल कमजोर भन्दा भारत सुरुदेखि नै नेपालमाथि हावी बनेको थियो ।

चाैथो सेटमा नेपाल खेलमा फर्कियो । यो सेटमा नेपालले पहिलो अंक जोड्द‌ सुरुवातदेखि नै अग्रता बनाएको थियो । नेपालले ५-२, ९-५, १२-८, १५-१२ को अग्रता बनाएको थियो । भारतले १६-१६ मा बराबरी गर्यो । त्यसपछि नेपालले लगातार ३ अंक जोडेर १९-१६ को अग्रता बनायो ।

भारतले टाइम आउट लिँदै एक अंक जोडेपनि नेपालले लगातार ३ अंक जोडेर २२-१७ को अग्रता बनायो । त्यही अग्रता कायम राख्दै नेपालले चाैथो सेट २५-२१ ले आफ्नो पक्षमा पार्दै खेल पाँचाै सेटमा पुर्यायो ।

पाँचाै सेटमा ५-५ सम्म बराबरी खृलेको नेपालले त्यसपछि लय गुमायो । भारतले निर्णायक सेट १५-९ ले जित्यो ।

यो नतिजापछि भारतले २ र नेपालले १ अंक जोडेको छ ।

तस्वीरहरू : विकास श्रेष्ठ

काभा महिला भलिबल च्याम्पियनसिप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय