News Summary
Generated by OK AI. Editorially reviewed.- पर्यावरणीय लोकतन्त्रका लागि नागरिक अभियानले चुरे संरक्षणका साथै शिक्षा र स्वास्थ्य क्षेत्रमा पर्याप्त बजेट व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।
- अभियानका संयोजक नरेन खतिवडाले वार्षिक ५ लाख रोजगारी सुनिश्चित हुने गरी बजेट विनियोजन गर्न सरकारलाई आग्रह गरे ।
- वातावरणीय सुरक्षा सुनिश्चित भएका योजनामा मात्रै पूँजीगत बजेट व्यवस्था गर्नुपर्ने माग अभियानले अघि सारेको छ ।
१० जेठ, काठमाडौं । चुरे क्षेत्रको संरक्षणका लागि पर्याप्त बजेटको व्यवस्था गर्न सरकारसँग माग गरिएको छ ।
पर्यावरणीय लोकतन्त्रका लागि नागरिक अभियानले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यस्तो माग गरेको हो ।
त्यसैगरी शिक्षा र स्वास्थ्य क्षेत्रमा पनि गुणस्तरीय सेवा दिनेगरी आवश्यक बजेटको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गरिएको अभियानका संयोजक नरेन खतिवडाले बताए ।
राष्ट्रिय कुल बजेटको २० प्रतिशत शिक्षा र स्वास्थ्य क्षेत्रमा १० प्रतिशत बजेट सरकारले विनियोजन गर्नुपर्ने अभियानको सुझाव थियो ।
संयोजक खतिवडाले सरकारले जैविक कृषि, पर्यापर्यटन, घरेल तथा साना उद्योग, वन, नवीकरणीय ऊर्जा र सूचना प्रविधि लगायतका क्षेत्रमा वार्षिक ५ लाख रोजगारी तथा स्वरोजगारी सुनिश्चित हुने गरी पर्याप्त बजेट विनियोजन गर्न पनि सरकारलाई आग्रह गरिएको बताए ।
‘लोकतान्त्रिक, समुदाय केन्द्रित, प्रकृतिमैत्री तथा मानवीय आवश्यकता बमोजिमको विकास मोडल निर्माणका लागि बजेट विनियोजन गरियोस् । वातावरणीय प्रभाव मूल्यांकनलाई केवल औपचारिकमामात्रै सिमित नगरी वातावरणीय सुरक्षा, सुनिश्चित भएको योजनालाई मात्रै पूँजीगत बजेट छुट्टयाइयोस् । मधेश र समग्र देशको जीवनसँग जोडिएको चुरे क्षेत्रको दिगो संरक्षण, सम्वर्द्धन र पुनर्स्थापनाका लागि पर्याप्त बजेट विनियोजन गरियोस्,’ पत्रकार सम्मेलनमा संयोजक खतिवडाले भने ।
अभियानले सरकारले वातारणीय सुरक्षा सुनिश्चित भएका योजनामा मात्रै बजेटको व्यवस्था गर्नुपर्नेमा पनि जोड दिएको छ ।
प्रतिक्रिया 4