News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिकामा बाइबलमा आधारित प्राकृतिक खानेकुरा खाने \'बाइबलिक डाइट’ को ट्रेण्ड सामाजिक सञ्जालहरूमा तीव्र रूपमा बढिरहेको छ।
अमेरिकामा अहिले बाइबलमा आधारित खानेकुरा को ट्रेन्ड तीब्र गतिमा बढिरहेको छ । ‘बाइबलिक डाइट’ का रूपमा यो सामाजिक सञ्जालहरूमा बहसको विषय बनिरहेको छ ।
टिकटक र इन्स्टाग्राम जस्ता सोसड मिडियामा लाखौं मानिसहरू यसबारे भिडियो हेरिरहेका छन् । यससँग जोडेर स्वास्थ्यका विषयमा बहस पनि भइरहेको छ ।
अहिलेका प्रशोधित खानेकुरा भन्दा धार्मिक रूपमा सिफारिस गरिएका ती खानेकुराहरू स्वस्थ र उत्कृष्ट रहेको दावी गरिएको छ । ‘मेक अमेरिका हेल्दी अगेन’ जस्ता अभियानहरू सोसल मिडियामा चलिरहेका छन् ।
कायला बन्डी जस्ता कन्टेन्ट क्रियटरहरूले ‘ईश्वरले प्रदान गरेका’ प्राकृतिक खानाहरूले आफ्नो स्वास्थ्य र जीवनशैली परिवर्तन गरेको दावी गर्दै पोस्ट गरिरहेका छन् । आफ्ना फलोअर्सलाई उनले यस किसिमको डाइटमा विश्वास दिलाउन प्रयास गरिरहेका छन् । खेतबारीबाट ताजा टिपेर ल्याउने र घरमै खाना पकाउने तरिका धेरै राम्रो भएको उनले बताएकाछन् ।
परम्परागत खानाहरू स्वस्थ र आध्यात्मिक दुवैको रूपमा अपनाउने सकिने सुझावहरू सामाजिक सञ्जालमा आइरहेका छन् । ‘बाइबलिक डाइट’ को उपयोगिता, प्रभावकारिताका बारेमा अहिले धेरैले अनलाइन समूहहरू बनाएर यो अभियानलाई तीब्रता दिइरहेका छन् ।
आहार योजनाका बारेमा केहीले स:शुल्क परामर्श सत्र समेत चलाइरहेको अमेरिकी मिडियाहरूले जनाएका छन् ।
यो प्रवृत्ति खानामा मात्रै सीमित छैन । यो भागदौडमुक्त, अधिक प्राकृतिक र कम तनावपूर्ण जीवनको चाहनासँग पनि जोडिएको छ । धेरै मानिसहरू भागदौडपूर्ण जीवन, तनाव र अल्ट्रा-प्रशोधित खानाहरूबाट टाढा सर्दै, परम्परागत तरिका अपनाएर र स्वास्थ्य खोजिरहेका छन् ।
के छ यो डाइटमा ?
यो आहार पालना गर्ने मानिसहरूले सामान्यतया हड्डीको झोल, काँचो दूध, मह, जैतुनको तेल, सार्डिन, खमीरले बनेको परम्परागत रोटी, ताजा फलफूल र तरकारीहरू छन् । साथै स्थानीय रूपमा उब्जाइएका उत्पादनहरू उपभोग गर्छन् ।
यो तरिका पछ्याउनेहरू प्याकेट बन्द खानेकुरा, प्रशोधित चिनी र अल्ट्रा-प्रशोधित खानाहरूबाट टाढा रहन्छन् ।
यस्ता खानेकुराले छाला सुधार गर्नुका साथै तौल नियन्त्रण गर्न मद्दत गर्ने र मानसिक स्वास्थ्य सुधार गर्न दावी यस अभियानमा जोडिनेहरूको छ ।
अमेरिकी मिडियाहरूका अनुसार कतिपयले आहारबारे जानकारी प्राप्त गर्नकै लागि मात्रै बाइबल पढिरहेका छन् । प्रायगरी धर्मप्रति ज्यादा विश्वास राख्ने कन्जरभेटिभहरूले यसलाई ज्यादा विश्वास गरिरहेका छन् ।
केहीले आफूले वर्षौंदेखि ‘बाइबलीय आहार’ पालना गर्दै आएको र स्वस्थ रहेको समेत भनिरहेका छन् ।
सोसल मिडियाको परामर्शमा भर पर्नु हानिकारक
ताजा र कमप्रशोधित खानाहरू लाभदायक हुने भए पनि कतिपय अवस्थामा सचेतता अपनाउनुपर्ने आहारविद्हरू बताइरहेका छन् । काँचो दूध जस्ता केही उत्पादनहरूले स्वास्थ्यमा जोखिम बढाउने उनीहरूको भनाइ छ ।
काँचो दूधले ब्याक्टेरिया संक्रमणको जोखिम बढाउँछ । केवल सामाजिक सञ्जाल दिइएका सल्लाहमा आधारित भएर खानेकुरा खानु हानिकारक पनि हुनसक्ने आहारविद्हरूको तर्क छ ।
प्रतिक्रिया 4