News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल विद्यार्थी संघका कार्यकर्ताहरूले नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा पार्टी एकता र १२औँ महाधिवेशन मिति घोषणा गर्न धर्ना दिएका छन्।
- कार्यकर्ताहरूले पार्टी कार्यालयमा प्लेकार्ड टाँसेर नेतृत्वलाई पार्टी एकता र महाधिवेशन सुनिश्चित गर्न ध्यानाकर्षण गराएका थिए।
- नेविसंघलाई निष्क्रिय नराखी समयमै महाधिवेशन सम्पन्न गरी युवालाई निर्णायक भूमिकामा अघि ल्याउनुपर्ने माग गरिएको छ।
१० जेठ, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) का कार्यकर्ताहरूले नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा धर्ना दिएका छन् ।
पार्टीभित्र एकता कायम गर्न, १२औँ महाधिवेशनको मिति घोषणा गर्न तथा संगठनलाई चलायमान बनाउन दबाबस्वरूप उनीहरूले सांकेतिक विरोध प्रदर्शन गरेका हुन् ।
कार्यकर्ताहरूले पार्टी कार्यालयका विभिन्न कक्षको बाहिर प्लेकार्ड टाँसेर ‘पार्टी युनिटी फर्स्ट, इगो लेटर’, ‘१२औँ महाधिवेशन सुनिश्चित गर’ लगायतका नारामार्फत नेतृत्वको ध्यानाकर्षण गराएका थिए ।
धर्नामा सहभागी विद्यार्थी नेताहरूले नेपाली कांग्रेसभित्रको आन्तरिक एकता सुदृढ हुनुपर्ने र त्यसको आधार विद्यार्थी संगठनबाटै सुरु हुनुपर्ने बताएका छन् ।
उनीहरूले गुट–उपगुटभन्दा माथि उठेर संगठन र पार्टीलाई एकताबद्ध बनाउन नेतृत्वले पहल गर्नुपर्ने धारणा राखेका थिए ।
नेविसंघलाई लामो समयसम्म निष्क्रिय अवस्थामा राख्नु उचित नभएको उल्लेख गर्दै उनीहरूले समयमै महाधिवेशन सम्पन्न गरी युवालाई निर्णायक भूमिकामा अघि ल्याउनुपर्ने मागसमेत गरेका छन् ।
प्रतिक्रिया 4